जनता बैकको एक शाखा र ६ शाखा रहित बैकिङ्ग सेबा सुभारम्भ
बिजनेसपाटी १२ असार ।
जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा एक नयाँ शाखा र ६ शाखा रहित बैंकिङ्गबाट कारोवार शुभारम्भ गरेको छ । साथै थप १ स्थानमा यहि आसार १४ गतेबाट शाखा रहित बैंकिङ्ग सेवा प्रारम्भ हुने बैकले जनाएको छ । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. ५, थलहमा नयाँ शाखा खोलिएको हो । यसैगरी बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथा कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ्ग कारोवार सुरु गरिएको हो भने दार्चुलाको काँडापारीबाट यही आसार १४ गते देखि शाखा रहित बैंकिङ्ग कारोवार सुरु हुनेछ ।
सो सहीत जनता बैंकले देश भरीबाट ११९ शाखा ४७ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
निक्षेप बिमा योजना :
साथै सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पु¥याउने उद्देश्य सहित जनता बैंक नेपाल लिमिटेडको रु. १० लाख सम्मको दुर्घटना बिमा र बार्षिक रु. १ लाख सम्मको औषधी उपचार सुविधा सहित आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा रहेको छ । यस योजना मार्फत ग्राहकहरुले उच्च प्रतिफल सहितको निक्षेप योजनामा सहभागी भई स्वास्थ्य उपचार सेवा समेत प्राप्त गर्न सक्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया