जनता र नेतालाई एउटै प्रश्न : भेडा बनेर गोठाला छान्ने वा नागरिक बनेर नेता !

आदित्या विश्वकर्मा

शान्तिपुर्ण आन्दोलनबाट नेपाली समाजका आवश्यकताहरु राज्यद्धवरा सम्बोधन हुने नदेखेपछि २०५२ मा माओवादी पाटीले जनयुद्धलाई नेपाली शासन व्यावस्था विरुद्धको रणनैतिक बाटो बनायो । तत्कालिन माओवादीका ४० शुत्रिय माग भित्र दुई वटा उद्धेश्य थिए, पहिलो सामन्ति राज्य व्यावस्थाको अन्त्य गर्दै राजनितिक क्रान्ति सम्पन्न गर्ने र दोश्रो राज्यको दलाल र सामन्तवादी चरित्र भएको अर्थतन्त्रको अन्त गर्दै आधुनिकि आर्थिक क्रान्तिको बाटोबाट समुन्नत राष्ट निर्माण गर्ने । ठयाक्कै तत्कालिन माओवादीले भनेको जस्तो जनवादी राज्य व्यवस्थालाई संस्थागत गर्न नसकेपनि माओवादी आन्दोलनको पहिलो उद्धेश्य उपलब्धिको रुपमा स्थापित भएको छ । जनताले चुनेको संविधानसभा र संविधानसभाबाट संविधान घोषणा अहिलेको महत्वपुर्ण उपलब्धि हो । संविधान सभामा, दलाल, भ्रष्ट, देश बेचुवाहरु र राजनैतिक दलालको बाहुल्यता हुदा पनि संविधान सभामाबाट घोषित संविधानले वैज्ञानिक समाजवादको दिशा तय गरेकोले संवैधानिक व्यावस्था सारसंग्रह जस्तो देखिए पनि माओवादी आन्दोलनले देखेको सपना र नेपाली समाजको अर्थपुर्ण राजनैतिक उपलब्धि हासिल गरेको छ । लोकतान्त्रिक व्यावस्थामा राजनितिक दल र व्यावस्थालाई न्यायीक निरुपण गर्ने न्यायधिस जनता हुन । कस्तो पाटीलाई स्विकार्ने, कुन व्यावस्था मान्ने, आफ्नो नेता कस्लाई छान्ने भन्ने निर्णय जनताले गर्छ । तर जनतामा राजनैतिक निर्णय लिन सक्ने चेतना उच्चतम विकास भएको खण्डमा जनताले राजनैतिक नेता चुन्छन भने जनताको चेतना स्तरनै विकास नभएमा जनता आफु भेडा बन्छन र राजनैतिक नेतृन्व गोठाला प्रवृति भएका प्रतिनिधि चुन्छन । दलालको प्रभावमा पर्छन । विखण्डनकारीको जालमा पर्छन, षडयन्त्रकारीको जालमा पर्छन, जसको परिणाम गलत राजनैतिक सस्कारको विकास हुन नसकेर समाज राष्टले निकास र विकास पाउन सक्दैन । एकाईशौ शताब्दिका सचेत नेपाली नागरिक, यो शताब्दिमा पनि विश्व राजनितिमा नयाँ प्रयोग गर्ने क्षमता राखेका नेपाली जनता, संघर्षबाट एजेण्डाहरु स्थापित गराउन सक्ने सचेत नागरिकले अहिलेको नेपाली समाजमा देखिदै गरेको अवशरवादी राजनिति पाटी र नेता, विखण्डनकारी नेतृत्व र संगठनहरुलाई चिन्ने वेला बल्ल आएको छ ।

माओवादी नेता कार्यकर्ताले गर्भका साथ जनतालाई बहसमा ल्याउनु पर्छ संघिय लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशि संविधान कस्का मुद्धा हुन ? जनताले गर्भभान्वित हुदै निसंकोच अन्र्तमनले भन्ने छ नेकपा (माओवादी)लाई  तव जनताले भन्ने छ स्यावास ! माओवादी पाटी र योद्धाहरु तिमीहरुले देखाएको सपना साकार हुदैछन । संविधानसभा मार्फत संविधान घोषणा भएको छ । केहि दलाल जनप्रतिनिधिहरु, शासक मानशिकता भएका पाटीका नेताहरुको निकृष्ट व्यावहारले हाम्रो संविधानमा विभिन्न समुदायका रिर्जभेशनहरु रहेकै छन तर माओवादीले सवै समुदायका अधिकारहरु सुरक्षित गर्ने एजेण्डालाई पनि सँगसँगै अगाडी लिनुपर्छ । हामी चुनौतीपुर्ण संविधान कार्यान्वयनको चरणमा छौ । प्राप्त उपलब्धिहरु दलाल राजनितिज्ञ र एन. जि. ओका नाममा राजनिति गर्ने दलालहरुलाई र आफुलाई शासक हु सोच्ने सामन्तवादी चिन्तन भएका भरौटेका नाईकेलाई पचाउन गाह्रो भएको छ । अर्को तिर अहिले देखिएका उपलब्धिहरु प्राप्त गर्नका लागी रुपान्तरणको अभियानमा लागेका योद्धाहरुको रगत र भावनात्मक सम्बन्ध जोडिएको छ, हिमाल, पहाड, तराई, मधेशको भावना संविधान सँग जोडिएको छ, ताप्लेजुंगको थेवे दाई र दार्चुलाको सार्कि बाको भावना र वलिदनी यसै संविधानको अन्र्तयमा लुकेको छ, तराईका थारु, मधेशका मधेशी, काठमाण्डौको च्यामे देखी हिमालका शेर्पाको भावना र रगतको सम्बन्ध यसै सम्बिधान सँग जोडिएको छ । तर अहिले नेपाली राजनैतिक उपलब्धिहरुलाई राजनैतिक अवशरवादी संगठनले आफ्नै योगदानले भएको र उसले चाहेको नेपाली जनताले मान्नु पर्ने निर्देशात्मक ढंगको निकृष्ट राजनैतिक गतिविधि गर्दै छ तर जनताले बुझेको छ, नेपाली राजनितिमा कुन पाटीको हैसियत र योगदान के हो ? भन्ने कुरा एमाले जस्तो अवशरवादी राजनैतिक दल र कांग्रेश जस्तो परम्परावादी चिन्तन भएको राजनैतिक पाटीहरुले अहिलेको उपलब्धिलाई अन्र्तमनले स्विकार्न सकेको छैन । प्रश्न गर्न सकिन्छ के पी जी ? वर्तमान नेपाली समाजले संविधान सभामार्फत प्राप्त गरेका उपलब्धिहरु गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिता माओवादी मुद्धाका बारेमा अहिले जनता सँग कुरा गर्न लाज लाग्दैन ? के पी को बयलगाडामा आएका उपलब्धि हुन र यी ? के पी जी को अन्र्तमनमा यो प्रश्नको उत्तर के होला ? जान्न मन छ, अहिले सस्थागत भएका मुद्धाका विरुद्ध नेतृत्वको टाउकाको मुल्य तोक्ने लफ्फाजीको अन्तर्यमा यो प्रश्नको उत्तर के होला ? जान्न मन छ । तत्कालिन शासकको नजरमा राजनैतिक हैसियत गुमाएका नजरबन्दीहरुको अन्र्तयमा यी प्रश्नका उत्तरहरु के होला ? जान्न मन छ । अहिलेका प्राप्त उपलब्धिलाई स्विकार्ने सवै नागरिकले निसंकोच माओवादी पाटी र नेतृत्व स्विकार्नै पर्छ किनभने यी सवै माओवादी पाटीको मुद्धाहरु स्थापित उपलब्धि हुन, यी उपलब्धि माओवादी नेतृत्वको योगदान हो, माओवादी अभियानका योद्धाहरुको बलिदानीको प्राप्ति हो, यी सवै उपलब्धि सँग सिंगो माओवादी पाटी र नेपाली समाजको रगतको सम्बन्ध जोडिएको छ । नेपाली राजनितिमा दलाली गर्न जन्मिएको एमाले जस्तो अवशर वादीहरुको समुह, पाटीले राज्य सत्तामा हिस्सेदारी खोज्न राजालाई दाम चढाउने, देशको श्रोत र साधनहरु बेच्ने, राष्टिय भावनामा विखण्डन गर्ने, पुष्पलाल, मदन भण्डारी मनमोहनलाई बेचेर खाने भन्दा अरु के गर्न सक्यो ? नेपाली जनतालाई राम्रो सँग थाहा छ एमालेको असली नियत के हो । नेपाली जनताले बुझनै पर्छ अहिलेका उपलब्धिहरुको रक्षा र विकास माओवादी भन्दा अरु कसैले गर्न सक्दैन, संघियताको सहि प्रयोग, जनतालाई थप अधिकार प्रत्ययोजनलाई विश्वाशिलो पार्दै अगाडी बढ्नका लागी अहिलेको आवश्यकता माओवादी केन्द्र हो, उन्नत किसिमको नया माओवादी शक्ति केन्द्र हो, एकिकरण सहितको माओवादी हो, प्रचण्ड, बाबुराम, बैद्य, बादल र विप्लव सहितको नेतृत्वको हो, यसका लागी माओवादी पाटीका नेताहरुको विवेकले विवेक पुर्ण निर्णय लिने कि नलिने जनताको चाहाना सँग जोड्ने कि नजोड्ने, उपलब्धिहरु माथी समग्र माओवादी घटकहरुले पुर्ण स्वामित्व लिने कि नलिने ? माओवादी फुट्नुको औचित्य जनताले खोजिरहेका छन ।

१. माओवादीको विभाजनले देशले हार्छ दलालहरु जित्छन
अहिले हिजोको जस्तो उर्जा भएको न माओवादी पाटी छ नेतृत्व, माओवादीका नाममा विभिन्न राजनैतिक झुण्डहरु जन्मिएका छन । कोहि नया शक्तिको नाममा ढोल पिट्दै त कोही एकिकृत जनक्रान्तिको नया गित गाउदै हिडे पनि सवै कम्जोर र निरिह छन । माओवादी विभाजनले कसैलाई पनि बलियो बनाउन सकेको छैन भने कसैले माओवादी विभाजन के का लागी पुष्टि गर्न पनि सकिरहेका छैन्न, माओवादी आन्दोलनका मुद्धाहरु सस्थागत भएको बेला अव यी उपलब्धिहरुको प्रभावकारी कार्यान्वयनका लागी पहिलो संविधान सभाको चुनावको जस्तै माओवादी चाहिएको छ, मनमा कालो मैलो नभएको माओवादी चाहिएको छ, अहिलेको स्थानिय निकायको चुनावमा जनताले माओवादी पाटी सँग गरेको आशा यहि हो, जनताको यो आशालाई माओवादी घटकहरुले उर्जामा बदल्ने वा निराशामा । जनतालाई थाहा छ नेपालको राष्टियता, सार्वभौमिकता र अखण्डताको रक्षा माओवादी पाटी भन्दा अरु कुनै शक्तिले गर्न सक्दैन, माओवादी राजनितिले स्थापित गरेका मुद्धाहरुको सहि प्रयोग माओवादी भन्दा अरु पाटीले गर्न सक्दैन । माओवादी कम्जोर हुदा सवै परिवर्तन पक्षधरहरु कम्जोर बनेका छन ।सुकुम्वाशीहरुको आशा हराएको छ । शहिद तथा वेपत्ता परिवारहरु निरास बनेका छन । मधेशी थारु जनजाती दलित महिला सवै निरास र कम्जोर बनेका छन । सवैको मनोवल कमजोर बन्दा हिजो यिनै उपलब्धि प्रति पुर्वाग्रहित चिन्तन राख्नेहरु बलियो बन्दै गएका छन ।  राजनैतिक अवशरका लागी स्थापित भएका नाईकेहरुले माओवादी आन्दोलनका उपलब्धिहरु कब्जा गर्ने स्थिति सृजना हुदै गएको छ । यी महान उपलब्धि प्रति उपेक्षा प्रचण्ड, वैद्य, बाबुराम, वादल, विप्लव कसैले पनि गर्न मिल्दैन कोहि पनि माओवादी घटक यी उपलब्धिको एक डिग्री पनि दाया बाया जान सक्दैन्न । त्यसैले माअ‍ेवादी आन्दोलन सँग जोडिएका प्रत्येक व्याक्तिले एक चोटी विरताको ईतिहास सम्झने बेला आएको छ, माओवादी भित्र देखिएको व्यात्तिवादी चिन्तनको मन्द विषलाई पखाल्ने बेला आएको छ र एक विशाल माओवादी, नयाँ माओवादी, नेपाललाई आवश्यक माओवादी बनाउने बेला आएको छ । विशाल माओवादी जन्मिन प्रचण्ड, वैद्य, बाबुराम एक ठाउमा आउनै पर्छ, देश र जनताका खातिर त्याग गर्न जिम्मेवार माओवादी नेतृत्व तयार हुनु पर्छ । ऐतिहासिक मुद्धा उठाउन सक्ने माओवादी पाटी, नेपाली माटोमा क्रान्तिलाई सम्भव तुल्याउने माओवादी नेतृत्वले बर्तमान उपलब्धिहरुको पुर्ण स्वामित्व लिएर नया विधि प्रणाली र संरचना भएको पाटी बनाउन नसक्ने प्रश्नै उठ्दैन । जनतामा गर्भका साथ जान नसक्ने प्रश्नै आउदैन । बरु माओवादी आन्दोलनबाट विचलित बाबुराम, र नेपाली राजनैतिक धरातल भन्दा बाहिरको कुरा गर्ने विप्लवले असन्तुष्टिहरुलाई थाति राख्दै अगाडी बढ्ने प्रेरणा मिलोस । तिम्रो बलिदानीले स्थापित भएका मुद्धाहरुलाई खुलेआम कसैले बलत्कार गर्दा तिम्रो मन दुख्नुपर्छ । यी विभत्स क्रियाकलापका विरुद्ध, एक जुट हुदै अवको स्थानिय चुनावमा जाऔं । होईन भने राजाको पाउमा दाम हाल्नेहरु र गणतन्त्र र संघियतालाई बयलगाडा सँग तुलना गर्नेहरु आफ्नो स्वामित्वमा लिन खोज्दैछन र गणतन्त्र संघियता प्राप्त भएकोमा गर्भ गर्दैछन, भने यसै मुद्धालाई प्रतिबन्ध लागाउनेहरु सत्ता-सहयात्री बनेका छन ।

जे होस हिजो माओवादीहरुले उठान गरेका मुद्धाहरु संस्थागत हुनु प्रमुख उपलब्धि हो, ज्ञानेन्द्रका नगरबन्दिहरु जो हिजो माओवादीहरुले गणतन्त्र, संघियताका मुद्धा उठाउदा आतंककारी देख्ने, विखण्डनकारी देख्नेहरु आज आफ्नै मुद्धा हुन भन्दै मेची महाकाली अभियान गर्दैछन कहिले संघियतालाई स्विकार्न नसकेर अधिकार प्रत्यायोजनमा शासक जस्तो व्यावहार देखाउदैछन । समय फेरिएको छ, धरातल, भावना र परिवेशहरु फेरिएका छन सम्बन्धहरु फेरिएका छन, हिजोका प्रतिक्रान्तिकारीहरु क्रान्तिका मसिहा बन्न खोज्दैछन, क्रान्ति नायकहरु निरिह बनेका छन, क्रान्तिकारी उर्जालाई यो भन्दा घाटा अरु के हुन सक्छ । स्यालहरुले सिंह माथी रजाई गर्ने आट गरिरहेका छन ।
हो शान्ति प्रकृया पश्चात माओवादी आन्दोलनमा विचलन आयो गुट उपगुटहरुको जन्म भयो, पाटी फुट्यो विभिन्न पाटीहरु बने, साना साना राजनैतिक झुण्डले माओवादी आन्दोलनलाई कम्जोर बनायो तर राजनैतिको महासागरमा हराउने भन्दा अरु केही उपलब्धि हुन सकेन, तर पनि हिनताबोध होईन गर्भ र विरताकके ईतिहास फेरि लेख्ने वेला आएको छ । माओवादी आन्दोेलन छेद्ध विच्छेद्ध हुदा पनि देशले माओवादीका मुद्धामा राजनैतिक उपलब्धिहरु हासिल गरेको छ, मुल नेतृत्वले आफु सिद्धिएर भए पनि उपलब्धिहरुको रक्षालाई संस्थागत गर्ने आट गर्दा सिंगो नेतृत्वमा मतभेदहरु देखिए । यसले माओवादी आन्दोलनलाई सिद्ध्याउन खोज्नेहरुलाई फाईदा भयो तर सिंगो उत्पििडितहरुको आन्दोलनलाई, दलितलाई, महिलालाई, मधेशीलाई, जनजातिलाई, चैन हुन सकेको छैन, यति मात्र होईन माओवादी आन्दोलनको विभाजनले बैद्य, विप्लव, बाबुराम, बादल, प्रचण्ड कम्जोर बनाएको छ । यस्को परिणाम हिजो माओवादी आन्दोलनलाई आफ्नो स्वर्णिम जिवन देख्नेहरु, आन्दोलन भित्रै सपना देख्नेहरु, सामन्तवादी सत्ताको विरुद्धको लडाईको मोर्चामा मृत्युलाई जिवन देख्ने प्रचण्डका कार्यकर्ताहरु, बाबुरामका कार्यकर्ताहरु, विप्लवका कार्यकर्ताहरु हुन वा बैद्यका कार्यकर्ताहरु हुन सवै योद्धाहरुको मनोवल कम्जोर भएको छ । ईतिहास जन्माउने युग पुरुष हो, तिमी वभाजित भएर न तिम्रो भलो हुन्छ, न नेपाली जनताको त्यसैले माओवादीका मुद्धाहरु स्थापित गर्न आउ मिलाउ फेरी हाम्रा हातहरु, सवै पाटेका मनहरु फेरि सिलाउ यस पाली सिलाएकै दौरा सलावार लगाऔ । हामी बलियो बने जनगणतन्त्र सम्मको यात्रा सफल हुने छ, संगठन र नेतृत्व बलियो बनाउ होईन भने शेयरको जंगलमा स्यालले राज गरे जस्तौ हुने छ हाम्रो देश ।
२. माओवादीलाई दिएको एक भोटले व्यवस्था फेर्यो अवको भोटले देशको मुहार फेर्छ
शान्ति प्रकृया पश्चात नेपाली समुदायले माओवादी सँग ठुलो आशा राखेको पक्कै हो, पहिलो संविधान सभा हुदै दोश्रो संविधान सभा सम्म आई पुग्दा जनताले माओवादी प्रति अविश्वास देखाउनुको प्रमुख कारण यहि हो, तर जनतालाई माओवादी आन्दोलन र नेतृत्वको दायित्व संविधान सभा मार्फत सामन्तवादी राज्य चरित्र फेर्दै आधारभुत तहका नागरिकहरुको अधिकारहरु शुरक्षित गरेको प्रमाणलाई प्रमाणित गर्नु पर्ने जानकारी जनतालाई गराउन नसक्दाको परिणाम माओवादी प्रति जनताले संका गरे । जे होस अहिले जनताले बुझेका छन माओवादी आन्दोलनको मुख्य दायित्व अधिकार सहितको संविधान निर्माण गर्दै देशलाई निकास दिनु थियो भन्ने कुरा । जनताले माओवादी दिएको भोट खेर गएको भन्ने भ्रममा परेका जनताहरुले मओवादी प्रति विश्वास गर्दैछन, जे हो माओवादीलाई दिएको भोटले नेपालको सामान्तवादी चरित्र भएको व्यावस्था र संविधान फेरेको छ, अव माओवादीलाई एक चोटी विश्वास गरेर माओवादीको विकास गर्न सक्ने क्षमतालाई जनताले मापन गर्ने बेला आएको छ । एक भोटले व्यावस्थाको परिवर्तन र विकास सँगै गर्न सकिएन, जे होस मओवादीलाई दिएको एक भोटले देशमा धेरै ठुलो परिवर्तन भएको छ, अव माओवादीले गर्ने विकास नेपाली जनताले हर्ने चाहाना हो भने एक चोटी फेरी माओवादीलाई हृदय देखि नै विश्वास गरि एक चोटी स्थानिय तह देखि राज्यको नेतृत्व गर्ने अवशर दिन जनतालाई आग्रह गर्दै, जनताका आधारभुत आवश्यकताहरु माओवादी पाटीले पुरा गर्ने छ भन्ने विश्वास दिलाउन आवश्यक छ ।
१. जनतालाई प्रश्न भेडाको गोठालो छान्ने वा नागरिकको नेताः
अहिलेको स्थानिय तहको चुनाव पहिले गा.वि.समा ठुलाबडाहरुले आफ्नो राजनैतिक स्वार्थ पुर्ति गर्ने र त्यसैमा भ्रष्टचार गर्दै आफ्ना सिमित समुहको राजनैतिक स्वार्थ पुर्ति गर्ने माध्यम बनाउदै देश लुट्नका लागी हुने निर्वाचन होईन जस्को प्रयोग एमाले कांगे्रस जस्ता परम्परागत विचार बोकेका पाटीहरुले प्रयोग गरि सकेका छन यति मात्र होईन यीनिहरुले कल्पना बनाएको स्थानिय तहमा क्षमता परिक्षण पनि भई सकेको छ । २०५४ को स्थानिय चुनावमा भाग लिएका राजनैतिक दलहरुले यो चुनावलाई पनि त्यसै गरि बुझेको पाईन्छ, तपाई हामीलाई थाहा हुनु पर्छ २०५४ को जिल्ला विकास मा ५ जना महिला थिए अहिले करिव महिलाको स्थानिय तहमा ज्ञारेन्टि कस्ले गर्दै छ । स्थानिय तहको चुनावमा जनताले विवेकको प्रयोग गर्दै जनताको आवाज बोल्ने पाटी र समाजको यर्थातलाई बुझेको नेतृत्वलाई साझा उम्मेद्धवार बनाउदै स्थानिय तहको चुनावमा जनताको अधिकार प्राप्तिका लागी दशकौ लडेको माओवादीलाई भोट दिएर सम्पुर्ण समुदायलाई मुद्धाको राजनितिमा अग्रसर हुन अपिल गर्दै अझै नेपाली जनता तिनै स्थानिय तहमा लुट मचाउनेहरुलाई मत दिएर दुधलाई विरालोको जिम्मा लगाउने वा अहिलेको उपलब्धिको पहरेदार माओवादी केन्द्रलाई एक चोटी विश्वास गर्दै आगामी देशको विकासको नेतृत्व क. प्रचण्डलाई सुम्पिने दृढ संकल्प गर्दै राजनैतिक स्थायीत्वको बाटोबाट समाज अगाडी बढ्ने छ ।

भेडा बनेर गोठाला छान्ने होईन बरु सचेत र विवेकशिल नागरिकको पहिचान दिदै नागरिकको सवल र सक्षम नेतृत्व चयनमा लागौ । राजनैतिक स्वार्थ पुर्तिका लागी देशलाई द्धवन्दमा फसाउन खोज्ने, जनतालाई अधिकार दिन नचाहने, एकल जातिय राष्टियतका अभियान्ताहरु, आफ्नो र पाटी हितका लागी देश बेच्न तयार हुने शासक चिन्तन भएकाहरु, बयलगाडा चढ्नेहरु, राजाको पाउ पुज्नेहरु, महाकली बेच्नेहरु, लाउडा खाएर पाटी बनाएकाहरुलाई चिनौ, षडयन्त्रकारी होईन नेता चुनौ, नागरिकको मतदानको अधिकारको सहि सदुपयोग गरौ, सवैको पहिचान र अस्तित्वको सम्मान गरौ समाजको विकासको गतिमा अगाडी बढौ र जनतामा सकारात्मक सोचको विकास गरौ। देशलाई १५ वर्ष प्रचण्ड नेतृत्वको आवश्यकता रहेको छ, सवै मतदता र जनताले बुझुन अहिलेका उपलब्धि माथी न्याय होस ।

लेखकको निजि विचार हुन्

फेसबुकबाट तपाईको प्रतिक्रिया