जनताको जलविद्युत् कार्यक्रमको २० कित्ता सेयर प्रधानमन्त्रीलाई
काठमाडौँ १५ चैत्र
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशुली ‘थ्रि बी’ जलविद्युत् आयोजनामा १० हजार कित्ता सेयर माग गर्दै आवेदन भरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता मात्रै सेयर पर्यो ।
प्रधानमन्त्री ओलीले चैत ७ गते सेयरका लागि आवेदन दिदैँ जनताको जलविद्युत् कार्यक्रमको उद्घाटन गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
बिहीबार उर्जा मन्त्रालयमा आयोजित सेयर बाँडफाँटका क्रममा सेयरका लागि आवेदन दिएकाहरुले न्यूनतम २० कित्ता र अधिकतम ३० कित्ता सेयर पाए । ओलीले २० कित्ता सेयर पाएका हुन् । प्रधानमन्त्री पत्नी राशिका शाक्यलाई पनि २० कित्ता सेयर मात्रै पर्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया