जनताको निक्षेप सुरक्षित नगरे कारबाही

काठमाडौं २३ पुस ।
राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा बित्तीय संस्थाले जनताको निक्षेप सुरक्षित नगरेर गलत कार्यमा पैसा खर्च गरेको पाइए कारबाही गर्ने बताएका छन् । गभर्नर नेपालले सर्वसाधारण नागरिकलाई सहज रुपमा बित्तीय सेवा उपलब्ध गराउने उद्देश्य राखेर सञ्चालनका लागि राष्ट्रबैंकबाट स्वीकृति पाएका बित्तीय संस्थाले गलत कार्य गरे कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

शुक्रबार धनकुटामा आयोजित कार्यक्रममा गभर्नर नेपालले बित्तीय संस्थाले नाफा गर्ने भन्दापनि आर्थिक अवस्था कमजोर रहेका नागरिकका लागि लगानी गर्नुपर्ने बताएका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया