जम्मू–काश्मीरमा २४ अस्टोबरमा स्थानीय चुनाव
एजेन्सी १३ अशोज
भारत प्रशासित जम्मू काश्मीर राज्यलाई प्राप्त विशेष अधिकार दिने भारतीय संविधानको धारा ३७० हटाइएपछि पहिलो पटक निर्वाचन हुने भएको छ ।
आगामी २४ अक्टोबरमा काश्मीरमा चुनाव गरिने भएको हो ।
जम्मू काश्मीरका मुख्य निर्वाचन आयुक्त शैलेन्द्र कुमारले जम्मू काश्मीरमा ब्लक डेभलपमेन्ट काउन्सिलका लागि चुनाव हुने जानकारी दिएका छन् ।
यसअघि नोभेम्बर २०१८ मा जम्मू काश्मीर पञ्चायतको चुनाव भएको थियो । त्यस समयमा नेशनल कन्फ्रेन्स् र पीडीपी जस्ता प्रमुख क्षेत्री पार्टीले सो चुनाव बहिस्कार गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया