जापानमा रङ्गिन साँझ -२ हुने,लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी पाहुना
मुक्ती सुबेदी
बिजनेसपाटी १७ टोकियो-जापान ।
नयाँ वर्षको उपलक्षमा आयोजना गरिएको रङ्गिन साँझ-२ कार्यक्रमको निम्ती कलाकारको टुङ्गो लागेसङ्गै लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउने भएका छन । लोकसङ्गित प्रेमी जापानबासी नेपालीहरुलाई मनोरन्जन प्रदान गर्नको निम्ती जापानको टोकियोमा अप्रिल १५ तारिक आइतबारका दिन उनिहरु जापान आउने भएका हुन् । साथमा जापानमै रहेका गाएक तथा सङ्गितकार रामकृष्ण बममल्ल, गाएक सुर्य खड्का र युवराज आचार्यले टोकियोको नाकनो जेरो हलमा दर्शकलाई नचाउने आयोजकले जानकारी दिएका छन। रङ्गिन संसार डटकमको आयोजना गर्न लागिएको यो कार्यक्रम दोस्रो हो ।
पहिलो पटक जापान आउने तयारीमा रहेका लोकगाएक कुलेन्द्र बिक कार्यक्रम भव्य हुने कुरामा आशावादी रहेको जानकारी दिए । करिब ४ हजारभन्दा लोक तथा दोहोरि गीत गाइसकेका गाएक कुलेन्द्रका ‘नजाउ है सानु पधेरिमा, मन परेरै हो कि, देउराली भाके है, जय जय होस्’ लगायत धेरै गीतहरु चर्चित छन । त्यस्तै दोस्रो पटक जापान आउने तयारीमा रहेकी गायिका रिता केसी पनि उत्साहित छिन । लोक, आधुनिक, चलचित्र सबै खालका गीत गाउन सक्ने भर्साटाइल गायिका रिता पनि जापानको भिषा लागेपछी उत्साहित छिन् । गायिका रिताले फेसबुकमा, जाउला कान्छी , बिन्दास पारामा लगायत २५० भन्दा बढी गीत गाइसकेकी छिन । नयाँ वर्षको शुभकामना सहित रमाइलो गर्न उक्त दिन बिदा मिलाई कार्यक्रममा उपस्थित भैदिन आयोजकले जापानबासी नेपालिहरुलाई आग्रह गरेका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया