जीएसएम नवीकरण शुल्कमा अन्योल, टेलिकमको लाइसेन्स उधारोमै नवीकरण
काठमाडौँ २३ कार्तिक
सरकारले दूरसञ्चार क्षेत्रको सबैभन्दा महँगो जीएसएम सेवाको लाइसेन्स नवीकरणका सम्बन्धमा स्पष्ट व्यवस्था गर्न नसक्दा अन्योल उत्पन्न भएको छ। यो खबर हामीले आजको कारोबारबाट लिएका हौ।
दुई ठूला सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले दोस्रो पटक गर्नुपर्ने लाइसेन्स नवीकरणका सम्बन्धमा हालसम्म् कुनै नीतिगतव्यवस्था सरकारले गर्न सकेको छैन ।
नेपाल टेलिकमले पाएको लाइसेन्सको म्याद गत वैशाख अन्तिम साता नै सकिएको छ । सरकारले पछि शुल्क तय हुने अन्तिम सर्तमा नवीकरण गरेको छ । हालसम्म सरकारले मोवाइल सेवाको दोस्रो पटक लाइसेन्स नवीकरण गर्न लाग्ने शुल्क कति हुने भन्ने सम्बन्धमा कुनै निर्धारण गरेको छैन। जीएसएम मोबाइलको लाइसेन्स लिएको समयदेखि पहिलोपटक १० वर्षमा र त्यसपछि हरेक ५ /५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया