जीवन ( गजल )
बिद्या वज्रचार्य
कस्तो रहेछ मिलन हाम्रो
नदिको दुई किनार जस्तो
जति टाढा भए पनि
तिम्रो छायाँ वरि–परि
सपना विपना तिम्रो
यादमा तड्पी रहेछु
म पनि हिमालसँग
हाँस्न चाहन्थे
म पनि शान्ति पथमा
यात्रा गर्न रमाउँथे
म पनि उषा कालको सुनौलो
संसारमा बाँच्न चाहन्थे
आफनो खुशी भन्दा
अरुको खुशी देख्न चाहन्थे
आज भोली मुस्काराउनु भन्दा
आँशुमा नै रमाएको पाउँछु
भविष्य अनिश्चित छ
तर मृत्यु ढिलोचाँडो निश्चित छ
त्यसैले बाँचुन्जेल सबैलाई
दुई चार मिठो र सत्य
बचन बोलेर बाँच्न चाहन्छु
मानिस भन्दछन् कि जव
कोहि आफनो मान्छे टाढा गयो भने
धेरै दुख लाग्छ
वास्तविक दुख त तव हुन्छ
जव कोही आफनो साथमा
भएर पनि टाढाको दुरी बनाउँछ ।
प्रकाशित मिति २०७५-८-२३
फेसबुकबाट तपाईको प्रतिक्रिया