इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका पौडेल
बिजनेसपाटी २ अशोज
नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका प्रसाद पौडेल सर्वसम्मत चयन भएका छन्। फोरमका अध्यक्ष डा आत्मराम घिमिरेले राजीनामा दिएपछि त्यो पद रिक्त थियो।फोरमले उनको राजीनामा स्वीकृत गरी पौडेललार्इ अध्यक्षमा सर्वसम्मत रुपमा ल्याएको हो।
फोरमको उपाध्यक्षमा छोटेलाल रौनियार चयन भएका छन्। उपाध्यक्ष रहेका केशव प्रधानले समेत गत भदौं २६ गते राजीनामा दिएका थिए।
फोरमको सदस्यमा अञ्जिब तुलाधर र अतितलाल श्रेष्ठलार्इ मनोनयन गरिएको फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। फोरमले स्टक एक्सचेन्जको महाप्रवन्धक तत्काल नियुक्तीको माग समेत गरेको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया