टुरिजम् बैंकलार्इ शतप्रतिशत हकप्रद निष्कासनको अनुमति
बिजनेसपाटी १६ फागुन
टुरिजम् डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासन नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैया बराबरको ९१ लाख ९७ हजार सात सय १२ कित्ता हकप्रद निष्कासनको अनुमति दिएको हो ।
बैंकले हकप्रद निष्कासनका लागि एनआइबिल क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ । हाल टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी ९१ करोड ९७ लाख ७१ हजार तीन सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब ८३ करोड ९५ लाख ४२ हजार चार सय रुपैयाँ पुग्नेछ । टुरिजम् डेभलपमेन्ट बैंक मेघा बैंकसंग मर्जरमा जाने सम्झौता गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया