टोखा नगरपालिकाको पुर्वाधारसँग जोडिएका ७०प्रतिशत कामहरु गरिसक्यौं–मेयर अधिकारीसँग संवाद

काठमाण्डौ २६ पौष २०७७।
टोखा नगरपालिकाको मेयर प्रकास अधिकारीलाई नगरप्रमुखको रुपमा पदबहाली भएयता तपाइले के के काम गर्नु भयो त भनेर बिजनेसपाटीले सोधेको थियो । हेर्नुस् उहाँको जवाफ जस्ताको तस्तै :

टोखा काठमाण्डौ महानगरपालिकाको वडा नं ३६, वडा नं ३, तारकेश्वर नगरपालिका, बुढानिलिकण्ठ नगरपालिका र शिवपुरी गाउँपालिकाको बीचमा अवस्थीत नगरपालिका हो । यो १७.११ बर्ग किमिमा फैलिएको छ । ०७४ साल बैशाख ३१ गते स्थानिय तह निर्वाचन भयो । निर्वाचन पश्चात टोखा नगरपालिकाका आम नगरबासीले म लगायत मेरा जनप्रतिनिधिहरुलाई निर्वाचित गर्नुभयो ।
दलिय व्यवस्थामा पार्टी प्रधान हुन्छ । त्यो वेला मलाई तात्कालिन नेकपा एमालेले उमेदवार खडा गरेको थियो । आम नगरवासीले विश्वास गर्नुभयो । मतदान गर्नु भयो । सहयोग गर्नुभयो । त्यसै मुताबिक हामी निर्वाचित भयौ । आज साँढे ३ बर्ष वितिसकेको छ । साँढे ३ बर्षको दौरानमा विगतलाई समिक्षा गर्दा म निर्वाचित भएर आउनुअघि टोखा नगरपालिका अत्यन्तै अस्तव्यस्त थियो । त्यो आम नगरवासीलाई थाहै छ । बाटोहरु सबै खाल्डाखुल्डी थिए । धेरै ठाउँहरु डुबानको रुपमा रहेको थियो । खानेपानीको त्यत्तिकै, ढलको त्यत्तिकै समस्या थियो ।
हामीले एउटा विकासको आयामहरुलाई अब नयाँ शिराबाट अघाडी बढाउनु पर्छ भनेर लाग्यौं । सबै कुरा तुरुन्तै गर्नु जादुको छडी पनि हैन । तर प्राथिमिकरण गरेर अघाडी बढनुपर्छ भन्ने मक्सद हामीले बोक्यौ । हामीले अल्पकालिन र दिर्घकालिन कार्य योजना बनाएर टोखा नगरपालिकाको सम्बृद्धिको दिशातर्फ अघि बढर्नुपर्छ भनेर लाग्यौ । नेपाल सरकारको जो अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ केपी ओली उहाँको सपना ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ लाई पुरा गर्न हामीले जिम्मेवार भएर लाग्नुपर्ने ठान्यौ । र, त्यसैलाई आत्मसाथ गरेर हामी अघि बढौं । टोखा नगरपालिकामा पहिला त जनसमुदायको के छ त भावना ? उहाँहरुको आशा के हो त ? उहाँहरुको समस्या केहो ? भन्ने कुरा आम नगरवासीहरुको भावना लिने काम गर्यौ ।
विकासका आयामहरु धेरै थरी छन् । सामाजिक,आर्थिक, सुशासन र सस्थागत बिकास, पुर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, वित्तिय व्यवस्थापन लगायतका कुराहरु विकासका आयामहरु हुन् । ती कुराहरुलाई हामीले प्राथमिकरण गरेर अगाडी बढाउन जरुरी छ । यो पुरा भयो भनेमात्रै ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ हुन्छ । ती सबै आयामहरुलाई हामीले सँगसँगै बोकेर हिँडेका छौ । तर अहिले तुलनात्मक रुपमा नगरबासीको अपेक्षा के हो त ? भनेर भन्दा सिधै पुर्वाधार विकाससँग जोडिएको छ । सामाजिक विकाससँग जोडिएको छ । त्यसैगरी आर्थिक विकाससँग पनि जोडिएको छ । तर मुलत पुर्वाधारसँग बढी जोडिएको छ । जसमा सडक, ढल, खानेपानी, भवन यी यावत कुराहरु अल्पकालिन हिसावले परिपुर्ती गर्दै अगाडी बढ्नुपर्छ । यसको फे्रमवर्क तयार बनाएर ५ बर्षमा यो गर्ने, १० बर्षमा यो गर्ने भन्ने किसिमको हामीले प्रि प्लानिङ बनायौं । १० बर्षमा यो टोखालाई सम्बृद्ध नगर, नमुना नगरको रुपमा रुपान्तरण गर्नका लागि हाम्रा भिजनहरु, रणनीतिहरु, लक्ष्यहरु निर्धारण गरेका छौ । अहिलेसम्म मलाई लाग्छ टोखा नगरपालिकामा पुर्वाधारसँग जोडिएका ६५ देखि ७० प्रतिशतसम्म कामहरु गरिसकेका छौ । म निर्वाचित भइसकेपछि । हामीले यसबीच २८.९८ किमि सडक पीच गरेका छौ । अझै धरै पाइपलाइनमा छन् । ३८.९८ किमि सडक ढलान गरेका छौ । सडक गल्लीहरुमा १३७४ मिटरमा हामीले ब्लक इटा बिछ्याउने काम सम्पन्न गरेका छौ । हाम्रो यस नगरमा ठाउँ विशेष हेरी समस्या छन् । म निर्वाचनमा खटिँदा मलाई अहिले पनि याद छ, धेरै ठाउँमा हिलाम्मे र धुलाम्मे हामी हिँडेका हौं । मैले त्यो बेला जनताको माझमा भनेको थिएँ म धेरै कुरा गर्दिन, मलाई विश्वास मात्रै गर्नुस् मेरो अर्जुनदृष्टि टोखा नगरपालिकाका जनसमुदायसँग सहकार्य गरेर, समन्वय गरेर टोखा नगरपालिका बनाउने विषयमा हुनेछ भनेको थिएँ । तीन ओटै सरकारसँग समन्वयकारी भुमिकामा टोखा नगरपालिकाको नगरवासीको अपेक्षा पुरा गर्ने सन्र्दभमा हाम्रो जोड हुनेछ भनेर मैले त्योबेला धेरै ठाउँमा भनेको थिएँ । जुन जुन ठाउँमा मानिसहरुले समस्या सिर्जना गर्नु भएको थियो । समस्या उज्जागर गर्नु भएको थियो । मैले के भनेको थिएँ भने मैले जितेपनि हारेपनि तपाइहरुको समस्या सामाधानमा म लाग्नेछु । जितेर आउनासाथ मैले प्राथमिकरण गरेर काम थालेँ । यस नगरको बाटोहरु अत्यन्तै अस्तव्यस्त थियो । फोहोरमैला उत्तिकै थिए । आज त्यो समाप्त भएको छ । सेफ्टी टयाङकीहरुबाट आएका फोहोरहरु सडकमा बगेर झण्डै २ हजार घरमा त्यो फोहोर पुग्थ्यो । अर्थात त्यो टेक्दै घरघरमा पुग्थ्यो । त्यसको अन्त्य हामीले गरेका छौ । धेरै ठाउँमा ढल डुबानका कार्यक्रम समाप्त गरेका छौ । २४.७९ मिटर ढल हामीले हालेका छौ । हाल्ने क्रम जारी नै छ । खानेपानी पाइपलाईन विस्तार हामीले २३ सय ७५ मिटर गरेका छौ । खानेपानीको डेप बोरिङ हालसम्म ५ ओटा गर्यौ । नदी नियन्त्रण वाल मात्रै १९ सय ७५ मिटर गर्यौ । पार्क हामीले ५ ओटा बनाएका छौ । त्यसमध्ये २ ओटा ठुला पार्क छन् । पक्की पुल एउटा बनाएका छौ । यस्तै सामुदायिक भवन हामीले ६–७ ओटा बनाएका छौ । सडकबत्ति ५ सय ७५ ओटा हालेका छौ । यसपाली हामीले मेरो उज्यालो कार्यक्रम अन्र्तगत टोखाको सडकहरुमा हालसम्म त हामीले ५ सय ७५ ओटा हालिसक्यौ । अब मुख्य सडकहरुमा हामीले बत्ति हाल्दैछौ । टोखामा दक्षिण उत्तर नाका भएकाले पनि ६–७ ओटा मुख्य सडक छन् । म आउनु अघिसम्म ती सडक अत्यन्तै कच्ची खालका थिए । ती सडक बाटो चिल्लो बनाउनुको साथै सडकबत्ति हाल्दैछौ । त्यो काम पनि २ महिना जतिमा सकिएला । त्यसैगरी शिशि क्यामरा जडानका लागि पनि हामीले काम थाल्दैछौ । ती काम संस्थागत विकास अन्र्तगत पर्छन् । यसरी हामीले बहुआयामिक कुराहरुलाई मध्येनजर गरेर टोखा नगरपालिकालाई अघि बढाएका छौ ।
यस नगरले सामाजिक विकास अन्र्तगत सिपमुलक, आयमुलक कामहरु व्यापक रुपमा गरेको छ । मान्छेलाई स्वआर्जन हुने खालको तालिमहरु दिनुपर्छ । जस्तै हामीले कम्प्युटर तालिम दियौं । दक्षिण कोरियाको साझेदारीमा १०० जना युवालाई हामीले तालिम दियौं । आज सय जनामा छनौट भएर २० जनाले त्यसको प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यो २० जना आज रोजगार छन् । टोखा नगरपालिका र दक्षिण कोरियाको सामसङ कम्पनीसँग साँझेदार गरेर उनीहरु रोजगार छन् । सबैलाई गर्ने सकेको भए अझ राम्रो हुन्थ्यो । तर सम्भव भएन । त्यस्ता कामहरुलाई अझै विस्तारित गर्ने लक्ष्य छ । त्यसैगरी महिला दिदी वहिनीहरुलाई सिपमुलक कार्यक्रमहरु, लघु उद्योगका कामहरु विस्तार गर्दै लगेका छौ । कृषि क्षेत्रलाई प्रर्बद्धन गर्ने सन्र्दभका कुराहरु टोखा नगरपालिकाले गरिरहेको छ । त्यसैगरी शिक्षाको कुरा गर्दा यस नगरपालिकामा संस्थागत र सामुदायिक विद्यालय गरेर लगभक सय ओटा छन् । शिक्षा क्षेत्रमा काम गर्नेमा टोखा नगरपालिका नेपालमै २–३ नम्बर आएको कुरा त समाचारमै आएका छन् । संस्थागत विधालय नीजि क्षेत्रले गरेका छन ्। तर सामुदायिक विधालय सरकारका विधालय हुन् । हामी निर्वाचान हुनु भन्दा अघि ती विधालयहरुमा पुर्वाधार अत्यन्तै कम थिए । त्यसकारण टोखा नगरले लक्ष्य के लियो भने ८ ओटै सामुदायिक विधालयको पहिलो शिक्षाको आधार भनेको पुर्वाधार हो । पुर्वाधारसँगै भवन जोडिएको हुन्छ । भवन व्यवस्थीत गर्नुपर्छ भनेर हामी लाग्यौ । आज ८ ओटै सामुदायिक विधालयमा भब्य भवन बन्दैछ । एउटा प्राविधक विधालय सहितको ८ ओटा भवन अहिले बनिरहेका छन् । कोही नगर त कोही संघीय सरकारको बजेटमा ती बनिरहेका छन् । स्वास्थ्यको कुरा गर्दा एक वडा एक प्राथमिक स्वास्थ्य केन्द्र ११ ओटै वडामा बनेका छन् । कोभिडको सन्र्दभमा पनि यस नगरले महत्वपूर्ण भुमिका खेल्यो । आजसम्म पनि हामीले कोभिड लागेका व्यक्तिलाई पोषण भत्ता भनेर दिइरहेका छौ प्रतिदिन ३५० रुपैयाँ । स्वाथ्यकर्मीहरुलाई इम्पावर गर्न सत प्रतिशत भत्ता दिएर हामीले सञ्चालन गरेका छौ । केहीदिन अघिसम्म त्यो चल्यो । हामीले यो कन्ट्राक्ट टे«सिङ, पिसिआर टेष्ट अधिकतम गर्यौ । कोभिडमा टोखाले प्रथम स्थान हासिल गर्यौ भन्ने खालको सुचना पनि संप्रेषण भएकै छ । कोभिड पुरै नियन्त्रण त मानवको बसमा अब छैन । हामीले जति गरेका छौ राहतदेखि उपचारका कामहरु त्यो सकेको गरेका हौ । उलेख्य गरेका हौ । त्यही शिलशिलामा कोरोना लागेर म आफै २५ दिन थलिएँ । हाम्रो उपमेयर थलिए । वडा अध्यक्ष थलिए । मेरो परिवार थलियो । यसरी हरेक सन्र्दभमा हामीले पदबहाली गरेका दिनदेखि नै हरेक दिन अफिस आएर काम गरेका छौ । हामीले पाएको जनविश्वस अनुरुप नै हामीले काम गरेका छौ । उहाँहरुले हामीलाई मतदान गरेर जुन ऋण दिनुभएको थियो त्यो तिर्न हामी लागेका छौ । हामी काम गरेरै जनताको ऋण तिरिरहेका छौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया