ट्रम्पले गरे यूएसएआईडीका निर्देशक ,उपनिर्देशक सहितका कर्मचारीलाई निलम्वन
काठमाडौं २१ माघ २०८१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का निर्देशक ,उपनिर्देशक सहितका कर्मचारीलाई निलम्बन गरेका छन् । उनीहरूको एलन मस्क नेतृत्वको गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीसँग यूएसएआईडी सिस्टममा पहुँचको विषयमा विवाद भएको थियो ।
डिपार्टमेन्टका कर्मचारीले सिस्टममा पहुँच दिन आग्रह गरे पनि यूएसएआईडीका अधिकारीहरूले अनुमति दिन नमानेपछि विवाद भएको हो । यसैबीच, मस्कले यूएसएआईडी एक आपराधिक संगठन भएको आरोप लगाउदै बन्द गर्ने समय आइसकेको बताएका छन् । यूएसएआईडीले विभिन्न देशका सरकारी, गैरसरकारी र निजी संस्थासँगै स्थानीय समुदायहरूसँग पनि मिलेर झण्डै सय देशमा काम गर्दै आएको छ ।
यता राष्ट्रपति ट्रम्पले अमेरिकाले लगाएको करविरुद्ध क्यानडाले धेरै प्रतिक्रिया दिने काम बन्द नगरे थप कर लगाउने धम्की दिएका छन् । ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाएका थिए। यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामग्रीमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया