डब्लुएचओले चीनको पक्ष लियोः ट्रम्प

वासिंगटन, १४ चैत

अमेरिी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको प्रसारलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनको पक्ष लिएको आरोप लगाएका छन् ।

उनले कोरोना भाइरस फैलिएको विषयमा डब्लुएचओले चीनलाई बचाउन खोजेको बताएका हुन् । उनले डब्लुएचओ नै सबैभन्दा अनुचित भएको समेत बताए ।

व्हवाइट हाउसमा पत्रकारसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरसका कारण पहिले नै खतराको घन्टी बजेको भएपनि डब्लुएचाओले लुकाएको उनको आरोप थियो ।

उनले भने, ‘डब्लुएचओले लगातार चीनको पक्ष लिएर उसलाई बचाउँदै आयो । यदी संसारलाई पहिले नै यसको जानकारी हुन्थ्यो भने यति धेरै मानिसको ज्यान जाने थिएन ।’

एक अमेरिकी सांसदले आफ्नो ट्विटमा यसप्रकारको आरोप लगाएका थिए । सोही विषयमा ट्रम्पले सहमति जनाएका हुन् ।

यसअघि देखि नै उनले कोरोना भाइरसको विषयमा चीनविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । उनले यसअघि कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका थिए ।Agency

फेसबुकबाट तपाईको प्रतिक्रिया