डलर साट्दा कागजको बिटो हात परेपछि…

काठमाडौं २१ माघ

सस्तोमा २३ हजार अमेरिकी डलर साट्न खोज्दा पाँचथरकी देउमाया रिमालले १० लाख रुपैयाँ गुमाएकी छिन्। डलर साट्न कागजको बिटो दिएर एक समूहले उनलाई ठगी गरेको हो। ठगी गर्ने काभ्रेका माइला लामालाई प्रहरीले महानगरीय अपराध महाशाखाले बिहीबार पक्राउ गरेको छ। पाँचथरमा दिदीबहिनी नामक होटल सञ्चालन गर्ने रिमाललाई एक महिनाअघि फोनबाट धादिङ बोलाएर लामाको टोलीले ठगी गरेको हो।  प्रहरीका अनुसार रिमाललाई होटलमा खाना खान आउन भन्दै एक महिनाअघि एक युवकले फोन गरेका थिए। विगतमा पनि सो होटलमा खाना खान आएको भन्दै ती युवकले चिनजानको बहाना गरी फोन गरेका थिए। तर आफू होटलबाहिर रहेको बताएपछि फेरि ती युवकले आफूलाई सहयोग गर्न आग्रह गरे। नयपत्रिका दैनिकमा समाचार छ

आफूसँग डलर रहेको र सस्तोमा साटिदिने प्रस्ताव राखेका थिए। अपराध महाशाखामा भेटिएकी रिमालले भनिन्, ‘सुरुमा पर्दैन भनेकी थिएँ तर आफन्तलाई सोध्दा फाइदा हुने बताएपछि डलर साट्न खोज्दा उनीहरूले ठगेका हुन्।’ पहिलोपटक गत १९ पुसमा रिमाल डलर साट्न धादिङको गल्छीसम्म पुगकी थिइन्। अनिल नाम बताउने युवक र माइला लामाले ५० हजार डलरको बिटो देखाए। डलर सक्कली भए नभएको बुझ्न रिमालले सुरुमा ५० डलरमात्र लिइन्। पछि झापा गएर बुझ्दा सक्कली भएको देखिएपछि उनी लोभिइन्। त्यसपछि जग्गा धितो राखेर १० लाख रुपैयाँ निकाली २३ हजार डलर साट्ने क्रममा उनी डगिएकी हुन्। १० लाखमा २३ हजार डलर साट्दा ३ लाखभन्दा बढी फाइदा हुने लोभमा उनले रुपैयाँ गुमाएकी हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया