डा केसीको अनसन प्रबृति ठीक कि बेठिक ?

केडिबी राउत क्षत्री

तत्कालिन एमालेका स्वनामधन्यहरु प्रत्येकको रुद्रघन्रीको रिमोट हामीसँग छ, तदनुरुप कुनै पनि घटना परिघटनाको सन्दर्भमा हामीले जे विस्लेषण गरयो त्यही सत्य बन्छ भनी चुटके बजाइरहन्थे । तदनुरुपको अनुभूति डा.केसी प्रकरणमा गर्न खोज्दा वैसमा स्याल पनि घोर्ले भनेजस्तै तत्कालिन उन्माद मात्रै रहेछ । २६०० एमाले कार्यकर्ता र अन्यले लगानी गरेको मनमोहन मोडिकल कलेजले २०७० सालमा स्वीकृति पाएपछि मेडिकल माफियाको चक्रव्यूहमा परेर टिचिङ हस्पिटलका प्रा.डा.गोविन्द केसी पटक पटक गरेर पन्ध्रौ पटकको आमरण अनसनमा छन् । यो अनसनको व्यानरमा राजनिति गर्नेहरु मुख्यतः दुई कित्तामा विभक्त देखिन्छन, एउटा पंक्ति माफियालाई निर्णायक बनाउने पक्षमा छन भने अर्को पंक्ति अनवरत रुपमा चल्दै आाएको यस्तो गलत प्रणाली सधैलाई अन्त्य गर्नुपर्छ भन्ने अडानमा छन । संविधान ऐन काhttps://businesspati.com/wp-admin/admin.php?page=adrotateनुनले नचिनेको माथेमा आयोगले दिएको प्रतिवेदन बमोजिमको हुुनुपर्छ अर्थात देउवा सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा अध्यादेश जस्ताकोतस्तै ओली सरकारले पनि पेश गर्नुपर्छ तथा दुई तिहाई बहुमत भएकाले पारित गर्नुपर्छ भन्ने एकाङकी अडान कांग्रेस र मतियारको छ । अध्यादेशमा डा.केसीलाई सिखण्डि बनाएर प्रमुख प्रतिपक्षि कांग्रेसले संचार माध्यममा र पार्टी संगठनमा आन्दोलन संचालन गरिरहेको परिदृष्य छ । मुख्य उद्देश्य सेलाउदै गरेको कांग्रेसका संगठनहरुलाई उर्जा थप्ने सुदृढ गर्ने देखिन्छ । यही साउन १५ गते ७७ वटै जिल्ला सदरमुकामहरुमा विरोध प्रर्दशन गर्ने कार्यक्रम राखेको छ । मिथ्यारोपके छ भने संघीय सरकार र प्रदेश सरकारहरु लामो संघर्षबाट बढनुको सट्टा कानुनी शासनको खिल्ली उडाउदै मनोमानी ढंगबाट चलिरहेको आरोप लगाएका छन् । पूर्ववर्ति कांग्र्रेस सरकारले गरेका अवैधानिक राजनितिक नियुक्ति स्वीकार नगरेको ७०, वर्षबाट ६५ वर्षमा कायम गरेको वृध्द भत्ता कार्यान्वयन नगरेको, मृगौला– स्पाइनल इन्जुरी–क्यान्सर–मुटु रोग जस्ता गम्भिर विमारीलाई मासिक ५ हजार रु.भत्ता दिने निर्णय कार्यान्वयन नगरेको कांग्रेसको आरोप छ । चिकित्सा शिक्षा अध्यादेश आफूले भने बमोजिमको नभए एवं केसीको अनसनबाट अप्रिय स्थिति उत्पन्न भएमा सोको जवाफदेहिता वर्तमान सरकार हुनुपर्ने धन्की कांग्रेसको छ । गोर्खा फुजेलका नन्दप्रसाद अधिकारी आफनो छोराको हत्यारा माथि कानुनी कार्वाहीको माग राख्दै अनसनमा वस्दावस्दै हस्पिटलमा प्राण त्याग गरे । यीनको शब एककुनामा अद्यपी छदैछ, छोराहरुले लाश बुझन चाहेनन, पाँचवर्ष व्यतित भैसक्तापनि कुनै पनि सरकारले दाहसंस्कार गर्न सकेका छैनन । उनको श्रीमती गंगामायाले पनि पतिकै बाटो अवलम्बन गरिरहेकी छन् ।

कांग्रेसको पालामा अधिकारीले जीवन दिएजस्तै माफियाको स्वार्थको लागि गोविन्द केसीले आफनो जीवन आहुति दिन उद्यत छन् । जुम्लामा नियोजित रुपमा आमरण अनसनमा बसेका डा.गोविन्द केसीलाई सेनाको हेलिकप्टरमा राखेर यसै हप्ता काठमाण्डौ टिचिङ हस्पिटलमा ल्याएपछि पनि केसीले मर्छु नै भनेर अनसनलाई निरन्तरता दिइरहेका छन् । डा. केसीको मृत्यु भएमा सत्तानै उल्टाउन पाउछौं भन्ने निराधार सपनामा सरकारका विपक्षी छन् । कांग्रेस एवं माफियाको दवावमा देशमा बेथितिलाई निरन्तरता दिन खोजेको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ छ । सरकारले सहिबाटोमा हिडाउन खोजेको हुँदा कसैले थर्काउदैमा, दवाव दिदैमा आफनो लक्ष्य परिवर्तन गर्दैन । सुशासन ल्याउने प्रतिबध्दताबाट आफू विचलित हुईदैन, संविधान नियम कानुन र विधि अनुसार सरकारले काम गर्छ । विगतको सरकार जस्तो बाँदरको पुच्छर लौरो न हतियार जस्तो होइन । उदेश्य मूलक सरकार भएकोले यस्ता धम्कीबाट डगमगाउदैन । समृध्दि २÷४ महिनामै आउदैन तसर्थ धैर्य गर्नपनि सर्वसाधारणलाई आहवान गरेका छन् । सार्वभौम संसद भएको देशमा माफियाको मतियारले आमरण अनसनको ड्रामा गर्दैमा सरकार अतालिन थाल्यो भने विगतको सरकार जस्तै भैगएनी अनि त्यस्तोसँग जनताले के आशा राख्नु ? सार्वभौम संसद भन्दा बाहिरबाट प्रत्यक समस्याको समाधान सर्वसत्तावादीले खोजेका छन् । तर बाहिरबाट सम्भव नै छैन । केसी प्रवृत्त मानिसहरु आमरण अनसनको व्यानर टाङ्गेर फलानो चिलानो पार्टीलाई यतिसिट वाहा याहाँबाट देउ भन्दैमा दिनेकी प्रतिपष्र्धा गरेर निर्वाचित भएर संसदमा आएर निर्णय गर्ने अधिकार प्रत्यकलाई संविधानले दिएको छ । तसर्थ अनसन बसेर जागिरे भएर होइन निर्वाचित भएर निर्णय लिने, मागेर पाइने भए सबैले त्यसै गर्थे भन्ने कुरा बुध्दिजीवीले बुझनु पर्छ । केसीसँग सति जादैमा गणतन्त्र र संविधान उल्टदैन, बढीमा एकदुई दिन माफियाका मतियारले अशान्त मच्चाउलान, किन दुध उम्लियो पोखिन भने जस्तै मात्र हुन्छ । तसर्थ सार्वभौम संसद भन्दा माथि हुन खोज्ने केसी प्रवृत्त माफियावादहरुले यसपटक सधैलाई महसुस गर्ने अवसर पाउन सक्छन । कुनै पनि समस्याको पोकोमा त्यही समाधानका सुतापनि निस्की रहेका हुन्छन् । तसर्थ कुनै पनि समस्या पर्छ, त्यहिनै समाधान आफै उत्पन्न हुन्छ । जसरी पनि मर्दिए हुन्थयो भन्ने लगानीकर्ताको चिन्तन हुनसक्छ, त्यसतै चाहेको भए त्यस्तै हुन सक्ला, त चिता म पुरयाउछु भन्ने सोच प्रमात्माको पनि हुन्छ भन्ने हाम्रो सनातन सोच छ । विपक्षी धेरै उत्तेजित भयो भने आफू ठीक मजबुत रछु भन्ने मूल्यांकन राजनितिमा गर्ने मापदण्ड हो । तसर्थ जागिरे कांग्रेसहरु निभ्ने बेलाको बत्ति झै धपक्क भएका छन् त्यसमा पनि केसीलाई सिखण्डि बनाएर ।
सत्ता संविधान उलटपुलट आफनो बाया हातको खेल जस्तो गरेर केहि विद्वानले अक्षरको खेति गरेको जस्तो देख्न सुन्न पाइन्छ । संसदलाई देखावटी संस्थाको रुपमा राखेर काम जति चाहि हाम्रै माफिया ढाँचामा टुग्याउदै जाउ नत्र सबै तासको सत्ता पल्टाएझै पल्टाई दिउला भन्ने धम्किपूर्ण सुन्न पाइन्छ ।जुन कुरा आफनै आत्माका सन्तुष्टि मात्र हुन । उनीहरु के भन्छन भने सांसद मन्त्री निर्वाचित गर्ने पनि यिनै मतदाता जनता हुन, त्यस्ता मतदाताले उठाएको माग सम्बोधन गर्नुपर्छ, ती सांसद मन्त्री भन्दा पनि ठूला हुन भन्ने कुतर्क स्वनामधन्य बुध्दिजीविको छ । ओलीले सतिसाल झै ठडिएर ठीक अडान लिदा एकाएक पुडको भएको देख्ने ध्रुवहरु प्नि रहेछन् । सार्वभौम जनता संविधानको प्रस्तावनामा भनिएकोमा व्यक्ति होइन भन्ने बुझदैनन भन्ने कस्ले बुझाउन सक्छर । सडकमा जहिले पनि भिडभाड हुन्छ व्यस्त सहरमा त्याँहा कसैले चटक देखाउन थाल्यो भने रमिते त्यत्तिकै जम्मा हुदैजान्छन, ती सबै अभियन्ताका सहकर्मी होइनन भन्ने सबैलाई थाहा छ । माफियाका आडमा केसी प्रकरणमा कालजयी निर्णय सडकबाटै भैहाल्छन भन्ने कल्पना कोही आसुकविको छ भने क्षणिक भावुकता मात्रै होला । निर्दोष जनता माथि कहर आलोचक प्रति असहिष्णुता र विपक्षीको मानमार्दनले सरकारलाई शक्तिहिन बनाउछ । शक्तिका उपासकहरुले अपनाउने दमन निति नैतिक स्खलन सितै राजनितिक अस्थिरताको मुहान हुन्छ ।

नियन्त्रण र प्रतिसोधले विरोध बढदै गए समझदारी र सम्झौताद्वारा स्थिति व्यवस्थापन गर्न नसकिए समस्या आउन सक्छ भनेर सैधान्तिक कुरा विद्धानले लेखेका छन् । राष्ट्र संचालनका नियम संयमता हेक्का राख्न नसक्नेहरुले राष्ट्रको लगाम पक्रेका हुन्नन भन्ने पनि विद्वत वर्गलाई अवगतनै होला । संसद र सडकको दवाव र प्रतिवादबाट वर्तमान सकार यदि ढलेन भने नेपालमा अधिनायकवाद उदाएछ भन्ने स्किार्नुपर्छ भनेर एक विद्वानले लेखेका रहेछन, तीनको जवाफमा भन्नुपर्दा एउटा उक्तिछ कुकुर भुक्तैछ हाति लक्कदैछ, अर्कोछ नाङलो ठटाउदैमा हात्ति तर्सदैन । सामुहिक अनसन सत्याग्रह चलिरिहेको सन्दर्भमा निस्कर्ष स्वरुप अन्त्यमा लोकोक्ति के भन्न सकिन्छ भने हठ तीन किसिमका हुन्छन् – राजहठ, बालहठ र स्त्रीहठ । यस्तै प्रकृतिको हठ हो – यो आमरण अनसन हठ । लोकतन्त्र तथा संसदलाई गौडमा राखेर अनसनलाई प्राथमिकतामा राखेर यस्तै हठलाई निरन्तरता दिइरहने कुसंस्कृतिको पक्षपोषण गरीरहेको यसलाई सधैसधैलाई बाइवाइ गर्दै लोकतन्त्रलाई हाई हाई गर्ने कि ? जिम्मेवारी बहन गर्नेहरुको निम्ति यो सवाल मननीय छ । महिनादेखि आमरण अनसनमा बसेका डा.केसीको स्वर र हाउभाउ टीभीमा देख्दा सुन्दा सिकिस्त नभएर झन तगडा भएको अनुभूति गरियो । अनसन बस्दा झन उर्जा मिल्ने भिटामिन के खुवाइदो रहेछ भन्ने प्रश्न टीभीका दर्शकहरु बीच उठीरहेछ । सडकमा भने घाट लानेबेला भयो भन्ने दवावपूर्ण नाराहरु सुनिन्छन् । के अर्को छयालिस वा त्रिसठी ल्याउन खोजिएको त होइन भन्ने जिज्ञासा दर्शक बीच उठेको छ ।

प्रकाशित मिति २०७५-४-७

फेसबुकबाट तपाईको प्रतिक्रिया