डिप्रोक्स लघुवित्तले ५२ प्रतिशत बोनस दिँदै

काठमाडौं १४ पौष
 डिप्रोक्स लघुवित्त विकास बैंकले ३५ प्रतिशत बोनस शेयर र १७.६३ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको संचालक समितिले ५२ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो।
बोनस कम्पनीको साधारणसभा र राष्ट्र बैंकबाट स्वीकृतपछि मात्रै लगानीकर्ताले पाउनेछन्। २५ करोड ७९ चुक्ता पूँजी भएको बैंकको बोनस शेयरपछि ३४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया