डिभी भर्न पाउने यो अन्तिम वर्ष होइनः अमेरिकी दूतावास
बिजनेसपाटी १९ कार्तिक
नेपालमा रहेको अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी)को लागि नेपालीले आवेदन दिन पाउने यो अन्तिम वर्ष नभएको बताएको छ।
दूतावासले शुक्रबार केही ठाउँहरुमा नेपालीहरु डाइभर्सिटी भिसा (डिभी)को लागि योग्य हुने यो अन्तिम वर्ष हो भन्ने हल्ला सुनिन आएको तर यो एकदमै निराधार र असत्य सूचना भएको बताएको हो । सन् २०१८ का लागि कात्तिक २२ गते (नोभेम्बर ७ ) सम्म अावेदन दिन सकिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया