तत्कालीन युवराज दीपेन्द्रको कोठा नबन्ने, त्रिभुवन सदन तयार भयो

काठमाडौं २१ कार्तिक

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल असारमा सप्ताह लगाएर दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काएका थिए । त्रिभुवन सदन भत्काएपछि त्यहाँको इटालगायतका भवनमा प्रयोग हुने सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाएका थिए । तत्कालीन युवराज स्वर्गीय दिपेन्द्रको खाट र मेट्रेसलगायत केही कपडा ज्ञानेन्द्रले जलाउन लगाएका थिए । बाँकी भएका केही सामग्री नारायणहिटीको विभिन्न कक्षमा ज्ञानेन्द्रले नै राख्न आदेश दिएका थिए । त्रिभुवन सदनको विलियार्ड हलमा हत्याकाण्ड हुँदा बिच्छ्याइएको गलैंचामा रगत लत्पतिएको कारण सो गर्लैंचा स्टोरमै राख्न लगाइयो । तर कुन स्टोरमा कस्तो हालतमा छ खुल्न सकेको छैन् । त्रिभुवन संग्राहलय भत्काएको एक दशकपछि बल्ल त्रिभुवन सदन तयार भएको छ ।

तत्कालीन युवराज दीपेन्द्रको कोठा भने नबन्ने भएको छ । ‘हामी सामानको खोजीमा छौं । सबै स्टोरमा दरबार हत्याकाण्डमा भएका सामग्री खोजी गरिरहेका छौं,’ नारायणहिटी संग्राहलयका प्रमुख रोहितकुमार ढुंगानाले भने । अाजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया