तनावबीच साउथ चाइना सीमा दुई अमेरिकी युद्धपोतद्वारा अभ्यास सुरु

एजेन्सी २ साउन २०७७ ।

सायथ चाइना सीमा दुई अमेरिकी युद्धपोतले युद्ध अभ्यास सुरु गरेका छन् ।  यो महिना दोस्रो पटक दुई विशाल युद्धपोतले मिलेर अभ्यास गरेको हो ।

युएसएस रोनाल्ड र युएसएस निमिट्ज युद्धपोतमा रहेका १२ हजार अमेरिकी सैनिक तथा क्रुजर र डिस्ट्रोयरहरुले शुक्रबार साउथ चाइना सीमा अभ्यास सुरु गरेको युएस प्यासिफक फ्लीटले जनाएको छ । १२० भन्दा बढी युद्धक विमान रहेका दुई युद्धपोतले हवाई रक्षाबारे अभ्यास गरिरहेको फ्लीटले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

युएसएस रोनाल्ड र युएसएस निमिट्ज गत महिना साउथ चाइना सी पुगेका हुन् । यसरी दुई युद्धपोत एकै पटक सो विवादीत क्षेत्रमा पुगेको सन् २०१४ यता पहिलो पटक हो । यो अभ्यासको सुरुवात ४ जुलाईमा सुरु भएको लेफ्टिनेन्ट कमान्डर सिन ब्रोफीले बताए ।

यता, चीनले भने दुई युद्धपोतको उपस्थितिको विरोध जनाएको छ । जुलाइ महिनाको सुरुवात चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले दुई देशबीच तनाव सिर्जना गर्न खोजेको र साउथ चाइना सीमा सैन्यकरण गरेर सो क्षेत्रको शान्ति र स्थायित्वलाई अवमूल्यन गरेको आरोप लगाएका थिए ।

त्यसयता बेइजिङ र वासिङटनबीच तनाव बढेको छ । हालै मात्र अमेरिकाले साउथ चाइना सीमा चीनको दाबीलाई गैरकानुनी भएको संज्ञा दिएको थियो । यसलाई वासिङ्टनस्थित चिनियाँ राजदूतावसले खण्डन गरेको थियो ।CNN

फेसबुकबाट तपाईको प्रतिक्रिया