तरकारी फलाउँदै पूर्वसभासद, वार्षिक तीन लाख आम्दानी
काठमाडौं–१५ जेष्ठ
पहिलो संविधानसभा विघटन भएपछि तत्कालीन सभासद पट्टु थारु निराश भएर काठमाडौंबाट घर फर्किए । संविधानसभा विघटनपछि फुर्सदिला बनेका उको रोजाइ कृषि बनेको छ । बाँके, बैजापुर १ नवलपुरका थारुले तीन वर्षअघि करिव चार कट्ठामा तरकारी खेती सुरु गरे । आम्दानी राम्रो भएपछि एक वर्षपछि क्षेत्रफल बढाएर ८ कट्ठामा खेती गर्न थाले ।
अहिले उनी व्यवसायिक तरकारी कृषक बनेका छन् । थारुले बाह्रै महिना तरकारुी फलाउँछन् । अहिले उनको खेतबारीकमा करेला, लौंका भिन्डी, बोडी काँक्रो लटरम्म फलेको छ । सशस्त्र द्वन्द्वका बेला माओवादी राजनीतिमा सक्रिय थारु शान्ति प्रक्रियापछि पहिलो संविधानसभामा पार्टीको तर्फबाट समानुपातिक सदस्य भएका थिए । उनी अहिले मोहन वैद्य समूहको क्रान्तिकारी माओवादीतिर छन् । आजको नागरिक दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया