तिन दिन देखि दुर्लभ एकसिंगे गैडा सिमराको सामुदायिक बन क्षेत्रमा

लक्ष्मी पाण्डे,

बारा, २७ श्रावन
विश्वकै दुर्लभ जनावरको रुपमा रहेको एक सिंगे गैडा आजभोलि बाराको सिमरामा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रमा देख्न पाईन्छ । पर्सा वन्यजन्तु आरक्ष आधाभारबाट पानि तथा खानाको खोजिमा एउटा भाले एक सिगे गैडा राधाकृष्णको बन क्षेत्रमा पसेको हो । बिगत तिन दिन देखि सो गैंडाले बस्ती नजिकैको बन क्षेत्रको तलाउ तथा घासे मैदानमा चर्ने तथा बस्ने गरेकाले बन प्रबेश गर्न स्थानिय डराएका छन् । “बाख्रा चराउन जान पनि डर लाग्छ, गैडा नजिकैको चउरमा चर्छ, गाउ पस्ने हो कि भन्ने डर लाग्छ”, स्थानिय गोबिन्द वाग्लेले बताउनुभयो । गैडा सामुदायिक बनमा पसे पछि आधाभारमा रहेको तारा दल गुल्मका सैनिक जवानहरु पनि तिन दिन देखि गैडाको गतिबिधि नियालिरहेका छन् ।

पानि तथा खानाको लागि गैडा सामुदायिक बनमा पसको हुन सक्ने राधाकृष्ण मध्यवर्ती सामुदायिक बनका अध्यक्ष चोला बहादुर पण्डितले बताउनुभयो । बनमा गएका उपभोक्ताले गैडाको पाईला देखेपछि बन समुहमा खबर गरेका र आफुहरुले आरक्ष तथा गुल्मलाई खबर गरेको पण्डितले बताउनुभयो । गैडालाई आरक्ष फर्काउन हात्तिको साहारामा धपाउने कार्य गरेपनि गैडाले सो तलाउ क्षेत्र नछोडेको आरक्षका सिनियर गेम स्काउट कमल न्यौपानेले बताउनुभयो । यसअघि तिन दिन अघि मात्र चितबनमा ४ बर्षे एक पोथि गैडाको करेन्ट लागेर मृत्यु भएको थियो । बस्ति क्षेत्र नजिक भएकाले गैडाको आक्रमणबाट स्थानियलाई क्षति पुर्याउन सक्ने र गैडा शिकारीले मार्न सक्ने भएकाले आफुहरुले चौबिसै घण्टा गैडाको गतिबिधि नियालिरहेको न्यौपानेले बताउनुभयो । गैडा आफ्नो बन क्षेत्रमा रहुन्जेल बनमा नपस्न राधाकृष्णका अध्यक्ष पण्डितले उपभोक्ता लाई सचेत समेत गराउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया