तेपाल राष्ट्र बैंक तीस अर्ब तरलता खिच्दै

११ फागुन, काठमाडौं ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने कामलाई कायम नै राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार पनि तीस अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको छ ।

नेपाल राष्ट्र बैंकले एक्काइस दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१÷८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्ने कामलाई जारी राखेको छ भने अबका दिनमा पनि यसलाई निरन्तरता दिने देखिन्छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज चैत्र तीन गते भुक्तानी हुनेछ ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

आइतबार हुन गइरहेको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागी हुन पाउने प्रावधान रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया