थप गहुँ उपलब्ध गराईदिन नेपाल मैदा उद्योग संघको अनुरोध

काठमाण्डौ १३ माघ २०७९ -बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा÷आँटाको चरम अभाव भएको छ । मैदा÷आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी÷नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला–साना सबै होटललाई माग अनुसारको मैदा÷आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएकोले कसरी मैदा÷आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित छन् । आम उपभोक्ताको दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएकोले उनिहरुलाई समेत प्रत्यक्षप्रभाव पर्ने भएको छ ।

भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मुल्यमा गहुँ खरिद गरिरहेको हँंदा मैदा÷आँटाको मुल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको जानकारी सरकारलाई नेपाल मैदा उद्योग संघले दिँदै आएको छ । अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन,जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योगनै बन्द हुने अवस्थामा पुगेका छन ्भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा छ । मैदा उद्योगले बजारमा मैदा÷आँटा दिन सक्ने अवस्थानै छैन । योे विषम परिस्थितिबाट केहीहदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ ।

मैदा उद्योग कृषिमा आधारित उद्योग मध्य नेपालमा आत्मनिर्भर भईसकेको उद्योग हो । गहुँको अभावमा मैदा÷आँटाको अभाव सिर्जना भएकोले नेपाल सरकारले भारत सरकारसँग कुरा गरी चाँडो भन्दा चाँडो थप गहुँ उपलब्ध गराईदिन नेपाल मैदा उद्योग संघले प्रेस विज्ञप्ति मार्फतअनुरोध गरेको छ । अहिले प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ, त्यस पश्चात फेरी हाहाकार मच्चिन सक्छ । नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकी छ ।

तसर्थ, नेपाल मैदा उद्योग संघ सरकारसँग विनम्र अनुरोध गर्न चाहन्छ भारत सरकारले दिएको पचासहजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्छ । बाँकी ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ । गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाईदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाई दिन समेत नेपाल सरकार समक्ष संघको तर्फबाट अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया