दक्षिण एसियाकै सवैभन्दा बढी सरकार नेपालमा

काठमाडौं–२० श्रावण

दक्षिण एसियामा सबैजसो विषयमा नेपाल अन्य मुलुकभन्दा पछाडि छ । सरकारको संख्या हेर्ने हो भने चाहिँ नेपाललाई कुनैले उछिन्न सक्दैन । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनायता नेपालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारसहित २४ वटा सरकार बनिसकेका छन् । दक्षिण एसियाली देशमध्ये यही अवधिमा सवैभन्दा कम सरकार भने बंगलादेशमा ६ वटा मात्रै बनेका छन् ।

औसतमा दशदेखि ११ सरकारले यो क्षेत्रका देशको शासन चलाइरहेका छन् । राजनीतिक अस्थिरताको परिणाम नेपालमा भने २५ वर्षमा २४ सरकारले शासन गरेका छन् । कृष्णप्रसाद भट्टराईलाई छोडेर संसदीय व्यवस्था अंगालेयताको अवधिमा वुधवार निर्वाचित प्रचण्ड २३ औं प्रधानमन्त्री हुन् ।

यहीबीच राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनदेखि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको निर्वाचन गराउने मन्त्रिपरिषदसम्मका सरकार गठन भए । यसक्रममा १३ जना प्रधानमन्त्री बने, अन्य दोहोरिए । पछिल्लो २५ वर्षको अवधिमा पाकिस्तानमा १२, भारतमा ११ र श्रीलंकामा १० वटा सरकार बनेका छन् । आजको नागरिक दैनिकमा खबर छ

 

फेसबुकबाट तपाईको प्रतिक्रिया