दशैको बिदापछिको सेयर बजारमा दोहोरो अंकको गिरावोट
बिजनेसपाटी ३० असोज
दशैको बिदापछि आज आइतबार खुलेको सेयर बजारमा नेप्से १६.१४ अंकले घटेको छ । आज नेप्से १८०३.७४ बिन्दुमा रोकिएको छ । बजारमा आज १ सय २२ कम्पनीका ७ लाख ६७ हजार ५ सय ४४ कित्ता शेयर खरिद बिक्रिबाट ६० करोड ८ लाख ६३ हजार ७ सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ ।
आजको कारोबारमा कुमारी बैंक लिमिटेडको सबै भन्दा बढी १७ करोड बराबरको कारोबार भएको छ भने अन्य बढी कारोबार हुने कम्पनीहरुमा एभरेष्ट बैंक, प्रभु इन्स्योरेन्स, बैंक अफ काठमान्डौ लुम्बिनी, ज्योति विकास बैंक रहेका छन। ज्योति विकास बैंकको शेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।
आज बढी कमाउनेमा कामना विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, ज्योतो विकास बैंक, अपि पावर कम्पनी, जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ता रहेका छन् ।
आज दोहोरो अंकले घटेको बजारमा गुमाउनेमा पुर्णिमा लिमिटेड,नेपाल ग्रामिण विकास बैंक, प्रभु इन्स्योरेन्स लिमिटेड, मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, सोल्टी होटेलका लगानीकर्ता रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया