दाङको घोराहीमा एनआईसी एशिया बैंकको ९२ औं शाखा
बिजनेसपाटी ५ असार
एनआईसी एशिया बैंकले थप नया शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ९२ औं शाखा आज सोमबारबाट दाङको घोराहीमा संचालनमा ल्याएको हो । दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले आज सो शाखाको उद्घाटन गरेका हुन् ।
सो शाखा विस्तारसंगै एनआईसी एशिया बैंक शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको हो ।
बैंकले सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन विभिन्न स्थानमा चाँडै थप शाखा संचालन गर्ने योजना समेत अगाडि सारेको बैंकदवारा जारी प्रेस बिज्ञप्तिमा उलेख्य छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया