दुई कम्पनीको साढे ३७ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं २५ कात्तिक
प्राइम कमर्शियल बैंक र कालिका लघुवित्तले ३७ लाख ६२ हजार २५० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
कालिका लघुवित्तले आर्थिक वर्ष २०७४-७५ को कमाइबाट वितरण गरेको चुक्ता पूँजकिो ८ प्रतिशत अर्थात ८० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
त्यसैगरी प्राइक कमर्शियल बैंकले कन्काइलाई गाभेपश्चात कन्काइतर्फको ३६ लाख ८२ हजार २५० कित्ता शेयर सूचीकृत भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया