‘दुधमा देश आत्मनिर्भरताको नजिक छ’–डिडिसीका महाप्रबन्धक पौडेलको अन्तर्वार्ता

रुद्र प्रसाद पौडेल
महाप्रबन्धक-दुग्ध विकास संस्थान (डीडीसी)

दुग्ध विकास संस्थान –डिडिसी)को वित्तिय स्वास्थ्यबारे केही बताइदिनहोस् न

दुग्ध विकास संस्थान पूर्ण सरकारी स्वामित्वको संस्थान हो । सेवा र व्यापार दुबै यसको दायित्व भित्र पर्छन् । दुध उत्पादक किसानहरुबाट दुध खरिद गर्ने, प्रशोधन गर्ने, विविधिकरण गर्ने र उपभोक्ता माझ पुर्याउने यसको मुलभुत काम हुन् ।
वित्तिय स्वास्थ्यको कुरा गर्दा दुग्ध विकास संस्थान धेरै नाफामा पनि गएको छैन । यो खर्च र आम्दानी बराबरी जस्तोमा (बिइपी) चल्दै आएको छ । कुनै बर्ष ५–७ करोड नाफा पनि हुन्छ, कुनै बर्ष त्यो पनि हुदैन । खर्च मात्रै धान्ने अवस्था हुन्छ । त्यो भएकोले यस संस्था धेरै नाफा गएको छ, धेरै गरेका छौ भनेर हामी फुर्ति लगाउँदैनौ । चालु आर्थिक बर्षमै पनि कोरोनाको कारण ध्ेरै प्रोडक्टहरु स्टकमा छन् । त्यो मुल्याङकन गर्दा एक अर्ब भन्दा बढीको स्टक भएको प्रडक्टहरु छन् । जस्तो धुलो दुध, बटर, नौनी, चीजहरु याक चीज, घिउहरु लगायत प्रडक्टहरु स्टक छ । अहिलेको अवस्थामा हामीले किसानलाई भुक्तानी दिन स्टक बढी छ, बिक्रि कम छ । त्यसले गर्दा किसानलाई हामीले नियमित रुपमा समयमा भुक्तानी दिन पनि सकिरहेको छैनौ । जति जति विक्रि बढ्दै जान्छ, त्यति त्यति सहज हामीलाई हुन्छ । त्यति नै हामी किसानलाई भुक्तानी दिँदै जाने अवस्था छ ।

दुग्ध विकास संस्थानको व्यापारमा कोरोना महामारीको असर कस्तो रह्यो ?

कोरोनाले त समग्र देशको आर्थिक अवस्थामा नै असर गरेको छ । दुग्ध विकास संस्थानलाई त झन असर नगर्ने कुरै भएन । लकडाउन र कोरोना कालमा फैलाइएका कतिपय अफवाहले यसलाई प्रत्यक्ष रुपमै ठुलै असर गर्यो । २०७६ चैत्र ११ भन्दा अगाडी हाम्रो बिक्रि अवस्था जुन थियो । त्यो अवस्थामा हामी यतिवेलासम्म फर्कन सकेका छैनौ । साधारण उपभोक्ताहरुमा हाम्रो विक्रि त्यति घटेको छैन । तर संस्थागत बिक्रि हुने होटल, रेस्टुराँहरुमा अझैपनि राम्रो जान सकेको छैन । ठुल ठुला होटलहरु राम्रोसँग सञ्चालन नभइसकेको हुँदाखेरी त्यसले गर्दा हामीलाई अलिकति कम बिक्रि भएको देखिन्छ । अन्यथा हाम्रो विगतमा लकाउन भन्दा पहिला काठमाडौ उपत्यकामा झण्डै ९० हजार लिटरसम्म दैनिक दुध बिक्रि हुन्थ्यो । अहिले हामीले ८० हजार लिटर प्रशोधित दुध बेच्न सकेका छौ । मतलब लकडाउन पूर्ब र अहिलेको १०–११ प्रतिशत बिक्रि कम छ अहिले हाम्रो ।

दुग्ध क्षेत्रमा डेरी उद्योगहरुको प्रतिस्पर्धा सघन देखिन्छ । डिडिसीले नाफा बढाउन नसक्नुमा नीजि क्षेत्रका उद्योगहरुसँग प्रतिपर्धा गर्न नसकेर हो वा अन्य कारण छन् ?
त्यस्तो प्रतिस्पर्धा गर्न नसकेको भन्ने होइन । हामी प्रशोधित दुधमा सबैभन्दा बढी बिक्रि गर्ने संस्थामा पर्छौ । नीजि डेरीसँग प्रतिस्पर्धा भन्दा पनि अहिले बजारकै अवस्था विग्रिएकोले गर्दा नाफामा संकुचन आएको हो । व्यापार कमजोर भएको हो । खुल्ला बजारमा त नीजि क्षेत्र पनि आउँछ । किसानहरु पनि आउनु हुन्छ । त्यो त हुने नै भए । खासै प्रतिस्पर्धा भन्दा पनि अहिलेको बजारकै कारणले समस्या परेको हो । जुन समस्या हामीलाई परेको छ । नीजि क्षेत्रका डेरीहरुलाई पनि त्यही नै छ । अर्को समस्याको कुरा गर्दा जुन खुल्ला दुध बजारमा बिक्रि भइरहेको छ । त्यसले गर्दा प्रशोधित दुधको बजार खुम्चेको छ ।

डिडिसीको व्यवसयिक योजना, कार्यक्रम र यसका प्रोडक्टहरुबारे पनि बताइ दिनुहोस् न ।
हामीसँग ८ ओटा आयोजनाहरु छन् दुग्ध वितरण आयोजना । हामीले हरेक आयोजनाहरुलाई उत्पादनमा आधारित बनाउने लक्ष्य लिएका छौ । कुनै आयोजनालाई कुनैमा फोकस गर्ने, कुनैमा केहीमा गर्ने भनेर हामीले हरेक आयोजनाहरुलाई उत्पादन लक्षित गरेर तोकेका छौ । हरेक आयोजनाहरुको आफनो व्यवसायिक योजना हुन्छ । त्यसमा हामी दैनिक रुपमा कति संकलन गर्ने अर्थात बार्षिक रुपमा कति गर्ने र कुन प्रोडक्टहरु कति बनाउने, कति बजारिकरण गर्ने भनेर सबै आफनो आफनो आयोजनाको ब्यवसायिक कार्य योजना हुन्छ । सबै आयोजनाको बार्षिक कार्ययोजना नै दुग्ध विकास संस्थानको समग्र आयोजना हुन्छ । जस्तो सबैभन्दा ठुलो आयोजना भनेको बालाजु काठमाण्डौ दुग्द्य वितरण आयोजना हो । त्यहाँ हामीले अहिलेको हाम्रो हिसावमा करिव करिव एक लाख २० हजार लिटरसम्म हेन्डिलिङ गर्ने जो क्षमता छ । त्यति क्षमता भएपनि अहिले प्रशोधित दुध हाम्रो ८० हजार लिटर जति बिक्रि भइरहेको छ । अरु दहीहरु विक्रि हुन्छ । र, त्यस्तै काठमाण्डौ दुग्द्य पदार्थ आयोजना छ । त्यसले चाँही खासगरी डेरी प्रोडक्टहरु, दुग्द्यजन्य परिकारहरु विक्रि वितरण गर्ने, खासगरी याक चीजहरु वितरण गर्ने, कञ्चन ची, आइुस्क्रीमहरु, मिठाइहरु, पनिर, लस्सी, मोही लगायतका विविध प्रकारका प्रोडक्टहरु हामीले विक्रि वितरण गछौ । यो हाम्रो सबै आयोजनाहरुको आफनो आफनो सेल्स काउन्टर पनि छ । फेन्चाइज पनि छन् । डिष्टिब्युटर पनि छन् । यी विभिन्न माध्यमबाट हामीले विक्रि वितरणको कार्ययोजना बनाउँछौ । उत्पादनको कार्ययोजना बनाउँछौ । किसानहरुसँग दुध संकलन गर्ने कार्ययोजना बनाउँछौ । सबै प्रकारको कार्ययोजना सहित हामी चलेका छो ।

दुग्ध क्षेत्रका चुनौतीहरु यहाँले के देख्नु भएको छ ?
जति किसानहरुले दुध उत्पादन गर्नु भएको छ । त्यो अनसार हामीले, नीजि क्षेले सो अनुसार खरिद गर्न सकेका छैनौ । खरिद गर्न सक्थ्यौ होला मार्केटको एउटा चुनौती छ । दुध भनेको पेरिसएवल चीज हो । धेरै राख्न सकिन्न । प्रोडक्टहरु कि बनाइ रहनु पर्यो कि प्रशोधित दुध बनाएर बिक्रि गर्ने हो । मुख्य चुनौती भनेको अहिले हामीले जुन किसानहरुले उत्पादन गरेको दुध हामीले खरिद गर्न सकेका छैनौ । अर्को चुनौती भनेको बजार हो । खासगरी याक चीज पर्यटकहरुलाई केन्द्रित गरेर बनाउँछौ । पर्यटक आगमन रोकिँदा हामीले बनाएको चीज जति बिक्रि हुनु पर्ने भएको छैन । यद्यपी हामीले सानो सानो प्याकेट बनाएर आन्तरिक बजारमा खपत बढाउने प्रयास गरिरहेका छौ । दुधममा आत्मनिर्भर हुन लागिएको अवस्थामा किसान तथा कृषि फर्महरुबाट दुध लिन नसक्नु, नीजि क्षेत्रले खरिद गर्न नसक्नु यो एउटा समस्या हो । मुख्य चुनौती भनेको बजार नै हो ।

दुधमा आत्मभिर्नरता, उत्पादन बृद्धि र औधोगीकरणको सम्भावना कत्तिको देख्नुहुन्छ ?
पशुपालन क्षेत्रमा कृषि क्षेत्रकै सबैभन्दा महत्वपूण किसानहरु, व्यवसायीहरुबाट अगाडी बढिरहेको अवस्था हो । यसको व्यवसायिकरण हुदै गएको छ । अर्को जुन नीजि क्षेत्रमा पनि दुध तथा दुद्यजन्य पर्दाथ उत्पादन, प्रशोधन गर्ने उद्योगहरु जुन स्थापना भइरहेका छन् । प्रत्यक्ष किसानले पनि दुध बेचिरहेका छन् । यसमा मैले भन्नु पर्दा खेरी दुधमा आत्म निर्भरताका लागि अब हामी धेरै टाढा छैनौ । विश्व खाद्य संगठनले ९१ लिटर प्रतिब्यक्ति बार्षिकको हिसावले दैनिक २५० एमएल उपभोग गर्नुपर्छ भनेको छ । अहिले हाम्रो देशको उत्पादन हेर्दाखेरी करिव करिव ७९ लिटर प्रतिब्यक्ति प्रति बर्ष उपलब्ध हुने आँकडा छ । त्यसले गर्दा हामी अब आत्मनिर्भर हुनतर्फ उन्मुख छौ ।
दुधको औधोगिकरणको सम्भावना पनि प्रचुर छ । निर्यातको पनि सम्भावना छ । मुख्य कुरा गुणस्तर दुध हुनुपर्यो । गुणस्तरीय प्रोडक्टहरु हुनुपर्यो । अन्र्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको प्रोडक्टहरु बनाउनु पर्यो । त्यो हिसावले प्रचुर सम्भावनाहरु छन् । जस्तो दुध उत्पादन कम हुने देशहरुमा हामीले निर्यात गर्न सकिन्छ ।
दुग्द्य क्षेत्रले जिडीपमा योगदान बढाउन सक्ने, सम्बृद्धिमा महत्वपूर्ण योगदान दिन सक्ने सम्भावना छ ?
अत्यन्तै छ । दुध क्षेत्र जिडीपीलाई राम्रो योगदान दिनसक्ने क्षेत्र हो ।

अन्त्यमा, डिडिसीको आगामी व्यवसायी योजनाहरु के छन ?
आगामी बर्षमा हामीले दुग्द्य विकास संस्थानलाई अझ पृथ ढंगले अगाढी बढाउने गरी सोचेका छा्रै । प्रशोधित दुध बेचेर मात्रै हामीले सफलता पाउन सक्दैनौ । यद्यपी हाम्रो मेजर प्राथमिकता त्यो हो नै । अब हामी दुग्द्य पर्दाथ विविधिकरणमा जानुपर्छ । लो भोलुम हाई कष्ट वाला उत्पादनहरु बजारमा लिएर जाने, निर्यात योग्य प्रोडक्टहरु बनाउन, त्यसलाई निर्यात गर्ने त्यो ढंगले हामीले प्रयास गरिरहेका छौ ।

प्रस्तुती : रिसव गौतम–टिका तिमल्सिना
प्रकासित मिति २०७७–११–२५

फेसबुकबाट तपाईको प्रतिक्रिया