दुरसंचार कम्पनी प्रति उदयपुरे युवाको यस्तो गुनासो
दिपक श्रेष्ठ, उदयपुर
नमस्कार !
म दिपक श्रेष्ठ, उदयपुर जिल्ला भलायडाँडा ४ खोल्मे मेरो जन्म स्थल । र,हाल धेरै जस्तो समय म जिल्ला बाहिर नै रहन्छु कहिले काहीँ त देस बाहिर पनि हुन्छु । म मात्र त्यस्तो ब्यक्ति हुइन होला ! म जस्ता लाखौं युवाको अहिले यस्तै अबस्था छ । यो तपाईं हाम्रो बाध्यता नै हो । मेरो प्रश्न यस उदयपुर जिल्ला भित्र हाल संचालित दुरसन्चार सेवा प्रदायक कम्पनीहरु नेपालटेलिकम ,एन्सेल,साथै अन्य सेवा प्रदायक कम्पनी हरु लाई सोध्न चाहान्छु के सिम कार्ड मात्रै बेच्ने ? सेवा चाहिँ दिनु पर्दैन ?
कुनै समय त्यस्तो पनि थियो कि एकजना मान्छे भेट्न वा बोलाउन हामी घन्टौंसम्म पैदल यात्रा गर्नु पर्थ्यो त्यो पनि अहिलेको अवस्था भन्दा सुखद नै थियो होला जस्तो लाग्छ । परिवर्तनसिल समय संगै हामी पनि परिवर्तन हुँदै गयौं, बिज्ञानको बिकास संगै हामी अल्छी पनि बन्दै गयौं, यो कुरा त सबैलाई बिदित्तै छ । यस्तै परिवर्तनको पछि लाग्दै पैदलमार्ग, हुलाक हुँदै अहिले हामी सन्चारको सुबिधामा कामले नभएनी नामले धेरै अगाडी नै आइसक्यौ । सुरुका दिनहरुमा C.D.M.A फोनको खुबै चर्चा र चहलपहल थियो गाउँ घर तिर । त्यो समय एउटा C.D.M.A फोन किनेर घरमा राख्न सक्नेले पनि राम्रै आम्दानी गरेको तथ्य घाम जस्तै छर्लङ्ग छ । किनकी त्यो बेला सिमित युवाहरू बिदेश तिर थिए मलेसिया ,दुबई ,साउदी ,कतार जस्ता खाडी देसहरुमा फोन गर्दा प्रति मिनेट ३५ रुपैयाँ लिइन्थ्यो । छोराले पैसा कमाओस कि नकमाओस घरमा आमाले बोका बेचेर टेलीफोनको बिल तिरेको तथ्यहरु आफ्नै आँखाले देखियो । त्यति मात्रै कहाँ हो र बाहिरबाट टोल छिमेकी कसैको फोन आउँदा बोलाइदिएको छुट्टै चार्ज लाग्थ्यो ,२०/ देखि ५० दुरी हेरेर ……जब नेपालटेलिकम र मेरो मोबाइल हालको एनसेलले प्रतिस्पर्धा गर्दै हाम्रो उदयपुरको ठाँउ ठाँउमा टावर बनाउने र सिमकार्ड बितरण गर्न थाल्यो । अनि सबैको खुसिको सिमै रहेन त्यही भिडमा म पनि रमाउदै थिए । २०६२ देखि म आफैं पनि मोबाइल बोक्न थालेँ आज हिसाब गर्दा ११ बर्ष भएछ ।
यो ११ बर्ष लामो समयसम्म पनि मैले हाम्रो उदयपुरमा यस सेवाको प्रयोगमा सहजता पाइन । पहिले सिमित ब्याक्तिले मात्र प्रयोग गर्ने मोबाइल अहिले सबैको अत्यावश्यक बस्तु भएको छ । मेरो परिवारमा पनि हामी पाँच जनाले मोबाइल फोन प्रयोग गर्छौं । गाउँ घर तिर एक ब्याक्ती एक मोबाइल प्राय छ तर काम शून्य कसैलाइ बोलाउनु छ १५ मिनेट अथवा आधा घन्टा को बाटो फोन लगाउन खोज्दै खोज्दै रेडिमेड आवाज सुन्दै उसैको घरमा पुगिन्छ मान्छे भेटिन्छ काम सकिन्छ र पनि अझै फोन लगाउन मन लाग्छ फेरि प्रयास गर्यो आवाज त्यस्तै आउँछ फेरि प्रयास गर्नु होला…………… उफ्फ्फ्फ्फ्फ्फ्फ्फ
हैन यो प्रयास चाहिँ कतिपटक सम्म गर्ने हौ तोकि दिनु पर्यो के १० पटक २० पटक ……………??? ए कोहि त भन्देउ यो फेरि प्रयास गर्नुहोलाको अन्त्य हुदैन ?
हरेक ब्याक्तीको साथमा ३००० देखि ३०,००० सम्म को मोबाइल फोन छ काम चाहिँ रातमा टर्च बाल्ने दिउँसो लोक दोहोरी सुन्ने समय हेर्ने अनि एसो फुर्सद भए गेम खेल्ने प्रयोग मा आइरहेको छ । रिचार्ज गर्न रिचार्ज कार्ड किनेर कहिले काहिँ त दुई दिन सम्म बोक्नु पर्छ । ब्यालेन्स चेक गर्न लगातार २/३ पटक गर्नुस फरक फरक देखाउछ कहिले काहीँ त हुदा हुँदै छैन पनि भन्दिछ एत्रैसिती …
भाइले मलेसिया बाट घरमा फोन गर्न १०/१५ कुर्नु पर्ने बाध्यता अझै कायमै छ । जति फोन लगाउन कोसिस गर्यो रेडिमेड आवाज मात्र आउँछ नेटवर्क को ब्यस्तताले गर्दा तपाईंको कल सफल हुन सकेन कृपया पुर्ण प्रयास गर्नु होला । यो आवाज सुनेर आफै सिथिल भइन्छ बल्ल बल्ल फोन लाग्यो अर्बौंको चिट्ठा परे जस्तो खुसी लाग्छ अनि कुरा एसरी अघि बढ्छ आधा कुरा त बुझिन्छ आधा आफैंले मिलाएर बुझ्नु पर्ने बाध्यता छ किनकी आवाज आधा आधा मात्रै आउँछ नि त काटिएर भन्दै गुनासो पोख्दै सकिन्छ समय …………एस्तै नेटवर्क सङ्ग लड्दै कोहि कोहि साथिले त डाटा किनेर ईन्टरनेट चलाउछ्न अनि भिडियो कल गर्ने प्रयास सम्म पनि गर्छन जबकी भ्वाइस कल नै नबुझिने ठाँउमा अनि पो पाद खुस्किने गरि हास्न मन लाग्छ । हा हा हा हा दुखी हासो।
फेसबुकबाट तपाईको प्रतिक्रिया