देशको बर्वादी : समृद्धि उडानका दुई ‘नक्कली’ पाइलटबाट
नन्दलाल खरेल
यो पङ्तिकारले राष्ट्रिय एक दैनिक पत्रिकामा २०७५ साल जेठ १५ गते कमरेड प्रचण्ड र केपी शर्मा ओलीलाई लक्षित गर्दै समृद्धि उडानका दुई नक्कली पाइलटहरु शिर्षक अन्तर्गत एउटा आलेख लेखेको थियो । त्यो आलेखको सारतत्व यी दुई नेताले मुलुकको समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउँदैनन् भन्ने थियो । किनकी प्रचण्ड र केपी ओली विजातीय तत्व हुन् । यी विजातीय तत्वहरु लामो समय सम्म एक ठाउँमा वस्न सक्दैनन भन्ने थियो । जसरी एउटा जंगलमा दुईवटा सिंहहरु मिलेर वस्न सक्दैनन् त्यसै गरी यीनीहरु एउटै पार्टीमा दुईवटा सिंह हुँदा अनिष्ठ हुन्छ भन्ने ठहर थियो पङ्तिकारको । आज यिनीहरुको जुहारी हेर्दा ठयाक्कै यस्तै भएको छ ।
‘लाटो देशमा गाँडो तन्नेरी’ भने झै समृद्धिको उडानमा नेपाली मतदाताले दुई विपरित धु्रबका पाइलटलाई उडान भर्ने जिम्मा दिनु नै गम्भीर भूल थियो । यो समृद्धिको उडानका प्रथम पाइलट शन्तिपूर्ण प्रतिस्पर्धाबाट संसदीय प्रणालीलाई उपयोग गर्ने भनी उपभोगमा चुर्लुम डुबेका दोस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा आसिन छन भने दोस्रो पाइलट सामान्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पुरा गर्ने त्यसलगतै समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने उद्देश्यमा होमिएका जनयुद्धका नाइके क्रान्तिलाई धोका दिई दलाल पुँजीवादी संसदीय व्यवस्थालाई मजबुत बनाई आफु सत्तामा जाने र त्यसको पटक पटक स्वाद लिने प्रचण्ड छन् । आज यिनीहरुको सत्ता सधर्ष मुलुकको समृद्ध नभएर जनताले दुःख पाए भनेर भएको होइन । यिनीहरुको आलो पालो सत्ता चलाउने जेन्टलमेन (भद्र) सहमति एक अर्को विच तोडिएकोले अहिलेको राजनीतिक परिस्थिती उत्पन्न भएको हो । यी दुई मध्ये जो भएपनि मुलुकको न समृद्धि हुन्छ न शान्ति हुन्छ । त्यो इतिहासका घटना क्रमबाट देखिसकिएको छ ।
नेपाली राजनीति अहिले संकटको घडिमा छ । यद्यपी राजनीति देशको सम्पूर्ण क्षेत्रको टाउको हो । समग्र समाजको हितका लागि काम गर्न सक्ने मूल विधा नै राजनीति हो । राजनीतिले समाजलाई नेतृत्व गर्छ । राजनीति भनेको समाजमा वसेका मानिसहरुले निर्णय गर्ने पद्धति पनि हो । राजनीति र समाज एक अर्काका परिपूरक हुन् । राजनीतिको आधार सिद्धान्त हो । कुन देशले कस्तो राजनीतिक व्यवस्था अवलम्बन गर्ने भन्ने त्यो देशको नागरिकको अधिकारको कुरा हो । तर कतिपय अवस्थामा यो लागु हुन सकेको छैन । राजनीतिको अर्थ होः राज्यको नीति । देशका सबै नीतिहरुलाई राजनीतिले निर्धारण गर्दछ । नेपाली राजनीतको लक्ष्य सत्ता हो । जसरी पनि सत्तामा पुग्नु पर्छ भन्ने मनोदशाबाट नेता तथा पार्टी ग्रसित छन् ।
सर्वविदितै छ, यतिबेला सारा संसारको ध्यान कोरोना भाइरस कोभिड १९ मा केन्द्रित छ । मृत्यु हुनेहरुको सख्या विश्वभर वढीरहेको छ दिन प्रतिदिन । यो महामारी कहिले र कसरी नियन्त्रण हुने हो यसै भन्न नसकिने अवस्था छ । नेपालमा पनि संक्रमित हुने र मृत्यु हुनेको संख्या बढी रहेको छ । लकडाउन केहि खुकुलो भएपनि हटेको भने छैन । नेपालमा कोरोना भाइरसको संक्रमणले कस्तो रुप लिन्छ भन्ने बारे यकिनसाथ भन्न नसकेपनि परिक्षणको दायरा वढदै जाँदा कोरोना भाइरसको संक्रमणको सख्या अझ बढ्ने संभावना छ । मुलुकमा अहिले दुई तिहाई नजिकको शक्तिशाली कम्युनिष्ट सरकार छ । शक्तिशाली सरकारका नाइके पटक पटक मृत्युको नजिक पुगी वाच्न सफल हुनु भएका केपी शर्मा ओली छन् । तर उनी महामारीको मौका छोपेर अधिनायकवादी अभिष्ट पुरा गर्ने योजनामा छन् ।
प्रधानमन्त्री ओली अहिले राष्ट्रवादको पगरी गुथेर सत्ता जसरी पनि आप्mनो मठीमा राखन चाहान्छन् । सत्तालाई मुठीमा राख्न उनको बलियो हतियार राष्ट्रवादलाई वारम्बार प्रयोग गर्छन । २१ औं शताब्दिका डिजिटल युगका जनतालाई मिति सकिएको औषधि जस्तै राष्ट्रवादी कार्ड ले अब काम नगर्ने देखिएको छ । यद्यपी बारम्बार प्रधानमन्त्री ओलीले यदि पुरानो कार्ड पटक पटक फालिरहेका छन् । प्रधानमन्त्री ओलीले मदन भण्डारी जन्मदिवस पारेर जसरी आप्mनो सहकर्मी नेता तथा भारतलाई जोड्दै आप्mनो सरकार संकटमा परेको अभिव्यक्ति दिए त्यो अभिव्यक्ति उनको लागि सत्ताबाट हात धुने संकेत देखिएको छ । प्रधानमन्त्री जस्तो गरीमामय पदमा वसेर आन्तरिक राजनीतिक र वाह्य चलखेललाई जोड्दै अमूर्त र उत्तेजक टिप्पणी गर्ने अत्यन्त अमर्यादित काम हो । दुईतिहाइ नजिकको वहुमत पाएर सरकार चलाउने सुनौलो अवसर पाएर पनि जनअपेक्षा अनुसार कार्य गर्न नसक्दा अहिले उनी यस्तो रक्षात्मक अवस्थामा पुगेका हुन् ।
ओली नेतृत्वमा रहेको कम्युनिष्ट सरकारले एकपछि अर्को गर्दै जनविश्वस गुमाउँदै गएको छ । समृद्ध नेपाल सुखी नेपालीको मुल नारालाई सार्थक वनाइने दुई तिहाई नजिकको कम्युनिष्ट सरकारले अहिले सम्म तिनवटा वजेट प्रस्तुत गरिसकेको छ । यी तिनवटै वजेटमा आम गरिब, किसान, मजदुर, उत्पीडनमा परेका वर्गको लागि कम्युनिष्ट सरकार भएर पनि कुनै काम गर्न सकेको देखिएको छैन । अरु त के कुरा गरौं सकार राजस्व उठाउन र खर्च गर्न पनि असफल भएको छ । कम्युनिष्ट सरकार भएर पनि कम्युनिष्ट आर्थिक नीति ल्याउन सकेन । कम्युनिष्ट आर्थिक नीतिको त के कुरा गरौं सामान्य पुँजीवादी नीति समेत ल्याउन सकेन । मुलुकमा जनताहरु कोरोना भाइरसबाट प्रताडित भइ आर्थिक संकटको सामना गरीरहेको बेला श्वेतपत्र जारी गरी नबिनतम आर्थिक नीति ल्याई मानविय र आर्थिक संकटबाट मुलुकलाई जोगाउनु पथ्र्यो । तर त्यसो नभएर आप्mनै पार्टी भित्र सत्ता संघर्षमा रुमाल्लिएको छ ।
विगत केहि समय देखि नेकपाको राजनीतिक तापक्रम बढेको छ । शक्तिशाली नामधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक शेयर बजार उत्कर्षमा पुगेको छ । नेकपाको शक्ति संघर्ष शेयर बजारका ब्रोकरहरुको भागबण्डा नमिलेर किचलो परे झै देखिएको छ । प्रधानमन्त्री ओलीले आफुलाई भारतले हटाउन चाहेको र त्यसमा नेपालका केहि नेताहरु लागेको भनी खुलासा गरेयता नेपालको आन्तरिक झगडाले स्थायी सरकारलाई नै सत्ता ढालिदिने हो कि भन्ने प्रक्षपण आकलन पनि गर्न थालिएको छ । नेकपाको विवादको मूल जरो भनेको दम्भले मैमत्त केपी शर्मा ओलीले कसैलाई सम्मान नगर्नु र आप्mनो ज्ञानभन्दा कोसौं पर रहेर विज्ञलाई नै भात खुवाउने गरी गर्ने भाविष्यवाणी गर्नु हो ।
समग्रमा भन्नु पर्दा करिब ७० वर्ष लामो संधर्षबाट जनताले कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सरकार पायो । तर राज्य संयन्त्रलाई जनपक्षिय र सामाजिक बनाउने उत्पादक शक्तिको निर्वाध विकास गर्ने, वर्गिया मुक्ति र सामाजिक न्यायको लागि कम्युनिष्ट सरकारले कुनै काम गर्ने प्रयत्न गरेन । वरु उल्टै संसदीय अभ्यासको फोहोरी खेलमा चुर्रलुम्म डुब्ने काम भयो । समृद्धि उडानका जेट चालकहरुमा आत्मकेन्द्रित, व्यक्तिवाद, अराजकता, स्वेच्छाचारिता, गलत कार्यशैलीका कारण् नेकपा तहस नहस मात्रै होइन आम नेपालीले समेत दुःख पाइरहेका छन् । वर्तमान सत्ता सघर्ष संसदीय फोहोरी खेलको दुष्परिणाम हो । तसर्थ कम्युनिष्ट आन्दोलनलाई निष्र्कषमा पु¥याउन अझै संघर्षको आवश्यकता छ ।
प्रकासित मिति २०७७–३–२१
फेसबुकबाट तपाईको प्रतिक्रिया