दोस्रोपटक एनएमबि बैंक ‘बैंक अफ दि इयर’ बाट सम्मानित
काठमाडौं१६ मंसिर
एनएमबि बैंक ‘बैंक अफ दि इयर २०१८’ बाट सम्मानित भएको छ । बैक लगातार दोस्रो पटक बैंक अफ दि इयरबाट सम्मानित भएकोमा खुशी व्यक्त गर्दै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले सामाजिक उत्तरदायित्व र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेकै कारण बैंकले लगातार दोस्रो बर्ष पनि सम्मान पाउन सफल भएको बताएका छन् । उनले भनेका छन्, ‘बैंकले लिएको दुरगामी रणनीतिले गर्दा अन्य प्रतिस्पर्धीहरुलाई उछिन्दै अगाडी बढ्न सफल भएका छौ ।’
सीईओ केसीले ‘एनएमबि बैंक’ लाई विश्व सामु चिनाउन अहोरात्र खट्ने बैंकका सम्पूर्ण कर्मचारीलाई सफलताको श्रेय दिँदै निकै गौरवान्वित भएको उल्लेख गरेका छन् । उनले अबको भावि लक्ष्य भनेको अटुट सेवा र मूल्यमान्यतामा आधारित बैंकिङ्ग सेवा प्रदान गर्दै भविष्यमा अझैं धेरै सम्मान हासिल गरि सरोकारवालालाई उच्च प्रतिफल दिनु रहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया