धनी हुने दौडमा छ मान्छे

– नन्दलाल खरेल
भौतिक सम्पन्नताको होडबाजिमा मान्छे
आज छिनाझपटी र तछाडमछाड गरेको छ
मानवीयता विवेक गुमाएको छ
हत्या हिंसा लुटपाट मच्चाएको छ ।।।
भौतिक सम्पन्नताको होडबाजिमा मान्छे
दण्डहिनता भ्रष्टाचार बेथिति बढाएको छ
राष्ट्रघात जनघात उत्कर्षमा पुगेको छ
शान्ति स्थायित्व समृद्धि गुमाएको छ ।।।
भौतिक सम्पन्नताको होडबाजिमा मान्छे
मानव बेचबिखन र तस्करीमा अघि बढेको छ
नागरिकलाई अनागरिक बनाई बेचिएको छ
धर्म संस्कृति परम्परा परिवर्तन गरिएको छ ।।।
भौतिक सम्पन्नताको होडबाजिमामान्छे
प्राकृतिक स्रोत साधनको दुरुपयोग गरेको छ
उत्पिडितवर्गप्रतिअत्याचार थोपरेको छ
महिलालाई उपभोग्यवस्तु बनाएको छ ।।४।।
भौतिक सम्पन्नताको होडबाजिमा मान्छे
मानवयन्त्र झै काम गरेको छ
रिस इष्र्या डाहउत्कर्षमा पुगेको छ
युद्धभोकमारी अभाव पीडा थोपरेको छ ।।।
भौतिक सम्पन्नताको होडबाजिमा मान्छे
युद्धक सामाग्रीहरुको उत्पादन थोपरेको छ
शोषण र ज्यादतीबाट अकुत कुम्ल्याएको छ
भातृत्व मेलमिलाप एकादेशको कथा भएको छ ।।।

प्रकासित मिति २०८०–२–१६

फेसबुकबाट तपाईको प्रतिक्रिया