धरः पौैका अभियन्ता प्रा.डा. चुन्दा वज्राचार्य र ‘जितामित्र मल्लकालीन धरः पौै’
स्वयम्भू शाक्य
नेपालको मल्लकालीन इतिहासलाई अध्ययन र अनुसन्धान गर्ने विभिन्न स्रोतहरुमध्ये धरःपौै पनि एक हो । राज दरवारमा सपन्न हुने विभिन्न आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, प्रशासनिक र परराष्ट्र सम्वन्धी आदि जस्ता कार्यहरुमा भए गरेका सम्पूर्ण विवरणहरुको सूचि धरःपौमा टिपोट गर्ने प्रथाको आरम्भ मल्लकालदेखि नै भएको देखिन्छ । विशेषतः धरःपौ पत्र–पत्र छुट्टिएको कागजको ऐतिहासिक ग्रन्थ हो । तसर्थ मल्लकालीन कालखण्डलाई धरःपौको माध्यमवाट सजिलै अध्ययन र अनुसन्धान गर्न सकिने र प्रमाणित स्रोत समेत रहने भएकोले नेपालको इतिहासमा धरःपौका प्रथम अभियन्ता इतिहासकार स्व. धनबज्र वज्राचार्यले श्री गणेश गनु भएको थियो । आफ्नो गुरु इतिहासकार धनवज्र वज्राचार्यले श्री गणेश गनु भएको उक्त धरःपौलाई आत्मसाथ गदै वृहत्त राष्ट्रिय इतिहास तयार गर्ने क्रममा विं.स. २०४१ सालमा मल्लकालका ऐतिहासिक साम्रगी धरःपौ नामक अभियान समेत चलाउनु भएका धरःपौका अभियन्ता प्रां.डा. चुन्दा वज्राचार्य नेपालको इतिहासमा प्रथम धरःपौका इतिहासकारको रुपमा देखा परेकी छिन् । नेपालभाषामा लेखिएका धरःपौहरुलाई सवै नेपालीहरुले पढ्न सकोस् भन्ने चाहनाले धेरै धरःपौहरु नेपाली तथा नेपाली भाषामा अनुवाद गर्नु भएकी भाषाप्रेमी संकलन, सम्पादक र अनुवादक प्रा.डा. चुन्दा वज्राचार्यले ऐतिहासिक मल्लकाल सम्वन्धी थुप्रै अध्ययन र अनुसन्धान गरिएका अनमोल कृतिहरु हालसम्म पनि प्रकाशित नभएकोले इतिहासकै गर्भमा लुकेर बसेका छन् ।
मल्ल्कालीन समयमा बनेका विशिष्ट सभ्यताका विविध पक्षहरुको अहिलेसम्म पनि उत्तिकै महत्वपूर्ण स्थान रहेको छ । सत्रौं शताब्दिको अन्ततिर भक्तपुरका राजा सुमति जय जितामित्र मल्लको पालामा लेखिएको धरःपौहरुको संकलन, सम्पादक र अनुवाद गरी पुस्तक प्रकाशन कार्यमा ग्रन्थको पृष्ठ धेरै हुने भएकोले अनुवादको भाग पुस्तकमा समावेश गर्न नसकेको धारणा व्यक्त गर्नु गरिएकी प्रा.डा. चुन्दा वज्राचार्यले आफ्ना गुरु इतिहासकार स्व.धनबज्र बज्राचार्यप्रति हार्दिक श्रध्दाञ्जली स्वरुप समर्पित गरिएको प्रस्तुत “जितामित्र मल्लकालीन धरःपौ” नामक पुस्तक विं.स. २०५३ सालमा नेपाल र एशियाली अनुसन्धान केन्द्रवाट प्रकाशित गरिएको देखिन्छ ।
जितामित्र मल्लको शाासनकालमा दरवारमा संस्कार सम्वन्धी चुडाकर्म, व्रतवन्ध, विवाह, वुदान, दीक्षा, देवदेवताहरुको मत पुजा, जा पुजा, कुम्ह पुजा, दुमाजु पुजा, तलेजुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु पुजा, यज्ञ, होम, देवल तथा तोरण प्रतिष्ठापन गर्दा पुजा तथा विभिन्न ठाउँहरुवाट सहयोग स्वरुप प्राप्त गरेको तामा र नगद, राजदरवारको हात्ति पागल भएको वेला शान्ति गर्दाको पुजा सामाग्री, दरवारको भोजमा स्वदेशी तथा विदेशी पाहुनाहरुलाई बोलाएको लगत समेत धरःपौमा उल्लेख गरिएको देखिन्छ ।
दरवारमा विवाहको अवसरमा विभिन्न ठाँउहरुवाट नाचहरु दरवारमा पठाउने भएकोले उनीहरुको सम्पूर्ण प्रवन्ध दरवारवाटै गरिन्थ्यो । विवाहमा गहना तथा लुगाको लागि सूचिकारहरुको लगत समेत धरःपौमा देखिने भएकोले धरःपौ लगतहरुको संकलित ग्रन्थ पनि भन्न सकिन्छ । त्यसैले यो वाक्य वा व्याख्यात्मक ग्रन्थ होइन् । मल्ल राजाहरुको जन्म उत्सव मनाउँदा ग्रहदशा शान्तिका निम्ति नवग्रह दान दिने चलन थियो । ने.स.७९८ मार्ग कृष्ण नवमीका दिन जन्म भएका जितामित्र मल्लको ने.स.८०५ र ने.स.८०६ मार्ग कृष्णपक्ष नवमी दिनमा पनि जन्मउत्सव मनाउँदा आदित्य, सोम, मंगल, वुध, वृहस्पति, शुक्र, शनिश्चर, राहु, केतु र जन्म प्रतिमा क्रमशः ३÷३ मासाको सुनको प्रतिमा बनाएर नवग्रह दान गरिएको थियो । यसरी नवग्रह दान दिदां एउटै ब्राम्हणलाई मात्र नदिई धेरैलाई दान दिइएको र नवग्रह दान गर्दा २४ मोहर ७३ दाम लागेको देखिन्छ । नवग्रह दान गर्दा आदित्यमा बाल्छी, मंगलमा बाच्छा, शुक्रमा सेतो गाई वा सेतो घोडा, शनिश्चरमा गाई वा भैसी दान दिने गरेको देखिन्छ । नवग्रह दानमा विशेष गरेर जनावर, लुगा, गेडागुडी र दक्षिणा आदि हुन्थ्यो । यसरी जन्मदिन मनाउँदो दरवार लगायत जनताहरुलाई समेत भोज खुवाउने गरिन्थ्यो । तसर्थ मल्ल राजाहरु धर्मात्मा थिए भन्ने कुरा स्पष्ट हुन्छ । जन्मदिनमा ग्रह शान्त गर्नका लागि नवग्रह दान दिने चलन हालसम्म पनि केहि नेवार समाजमा प्रचलित भएको देखिन्छ भनी धरःपौका अन्वेषक प्रा.डा. चुन्दा वज्राचार्यले आफ्नो पुस्तकमा उल्लेख गर्नु भएकी छिन् ।
ने.स.७९४ पौष शुक्ल पञ्चमीका दिन श्री श्री जितामित्र मल्लको थाकुरजुको फलप्राशन गर्दा ८४ प्रकारका फलफूलहरु राखिएको थियो । फलप्राशन गर्दा देवतालाई सुपारी चढाउनुकासाथै दरवारका सम्वन्धित पदाधिकारीहरुलाई समेत सुपारी दिने चलन थियो । सुपारी दिने भनेको निम्ता दिनु हो । उक्त अवसरमा मत पुजा, कलश पुजा, र जा पुजा गर्ने चलन देखिन्थ्यो । मल्ल राजाहरुले ब्रतवन्ध गर्नु भन्दा पहिले कर्मकाण्ड गरिन्थ्यो । ने.स.८०४ फागुणमा भक्तपुरका प्रख्यात राजा भूपतीन्द्र मल्लको चुडाकर्म गरिएको थियो । चुडाकर्म गर्दा दुमाजुलाई दुसार पुजा गर्नुका साथै पीठ पुजा, था पुजा, चा पुजा, पञ्चोपचार पुजा, जा पुजा, कुम्हल पुजा, र कोटल पुजा गर्ने पनि चलन थियो । उक्त कालमा चुडाकर्म र व्रतवन्ध दुईटै गर्ने चलन देखिन्छ । व्रतवन्धलाई बुदान पनि भनिन्छ । ब्रतवन्ध गर्दा व्रतवन्ध गरेका राजकुमारलाई विभिन्न व्यक्तिहरुले लुगा, वेताली, पटुका, कपडा आदि राखेर बाधान छुप (भिक्षा दान) गर्नु पर्दथ्यो । ब्रतवन्ध गर्दा मत पुजा, वेगुली पुजा, दुमागु पुजा, दुसल पुजा र पञ्चोपचार पुजा गर्ने गरिन्थ्यो ।
मल्ल राजाहरुको धार्मिक कर्मकाण्डमध्ये राजगुरु वा अरु कुनै गुरु पुरोहितवाट दीक्षा सुन्नु पनि एक हो । सूर्यग्रहण र चन्द्रग्रहणका दिन पुजा, धार्मिक क्रियाकाण्ड र दान दक्षिण आदि सत्कर्म गर्न सूर्यग्रहणलाई बढी महापुण्य र उत्तम मानिन्छ । त्यसमा पनि सूर्यग्रहणलाई बढी महत्व दिने गरेका छन् । सूर्यग्रहणमा विना साइत नै दीक्षा सुन्नु शुभ मानिन्छ । ने.स.७९६ जेष्ठ कृष्ण औसी लागेको सूर्यग्रहणमा कान्तिपुरका राजाका तीन दाजुभाइहरु क्रमशः श्री श्री नृपेन्द्र मल्ल, श्री श्री पार्थिवेन्द्र मल्ल र श्री श्री महिपतीन्द्र मल्लले मनोहरराज उपाध्ययवाट र भक्तपुरका राजाका दाजुभाइ श्री श्री जितामित्र मल्ल र श्री श्री अग्र मल्लले श्री धर्मज्यू गुरुवाट दीक्षा सुनेका थिए । दीक्षा सुनाउँदा पञ्चोपचार पुजा गरिन्थ्यो । मल्लकालमा सुँगुरको मासुको प्रचलन दीक्षामा मात्र नभई विवाह, वुदान र चुडाकर्ममा समेत राख्ने गरिन्थ्यो । उक्त वेला आर्थिक सहयोग पनि लिने गरिन्थ्यो । भूपतीन्द्र मल्लको दीक्षामा आर्थिक सहयोगका रुपमा वनेपा, पनौती, धुलिखेल, (धुरीखेल), सांगा, नाला, श्रीखण्डपुर, चकवाठ, छेँ भदिल, ठिमी, वुगँ, नगदेशवाट ३९१० मोहर तक्का प्राप्त भएको थियो । त्यसवेला अनौठो खालको परिकार जस्तो दूध र अदुवाको कवाफ, अण्डा र अदुवा कुटेको कवाफ आदि वनाएर भोज खुवाइएको थियो ।
मल्कालीन विवाह सु–संस्कृत र धार्मिक पद्धति अनुरुप चलेको देखिन्छ । पारपाचुके, पुन विवाह, विधवा विवाह, बाल विवाह र डोलाजी प्रथाको चलन पनि देखिन्छ । रुद्र मल्लकी छोरी नायकदेवीको पहिलो विवाह काशीका राजकुमार हरिश्चन्द्रसंग भएको थियो । षडयन्त्र गरी हरिश्चन्द्रलाई विष खुवाएर मारेपछि विधवा नायकदेवीले तिरहुतका राजकुमार जगतसिंहसंग दोश्रो विवाह गरेकी थिइन् । डोलाजी प्रथामा विशेष गरेर शासकवर्गहरुले आफ्नो छोरीवेटीलाई विवाह गरेर लोग्नेको घरमा नपठाई आफ्नै दरवारमा राखी गोत्रसमेत परिवर्तन गराउँन्थ्थे । कर्णालीका पुण्ड मल्ल शकुनमालासंग विवाह हुन अघि पुण्यपाल थिए ।
भूपतीन्द्र मल्लको विवाह ने.स. ८०८ कार्तिक कृष्ण चतुर्दशीका दिनमा भएको थियो । त्यसवेला उनी १३ वर्षका थिए । उक्त वेला विवाहको लागि ११७५० मोहर कर स्वरुप उढाइएको थियो भने खर्च ५४९५ मोहर टका ३४ दाम खर्च भएको थियो । विवाह गर्नु भन्दा ५ महिना अघि देखि रोटीका पकाई राखेको थियो । विवाह गर्दा दुलहावाट दुलहीको घरमा “वाता छोय्” “कु छोय्” भनेर रोटीका परिकारहरु समेत राखेर पढाउनु पर्दथ्यो । विवाह गर्दा धेरै खर्च लाग्ने भएकोले त्यसवेला छिमेकी राज्य र आफ्नै राज्यका टोलटोलमा पत्र लेखेर जनतासंग अप्रत्यक्ष करको रुपमा नगद वा जिन्सी उठाउँने गरिन्थ्यो । जिन्सीमा भोजमा चाहिने सामानहरु चिउरा, राँगो, वोका, मसला, गेडागुडी, पात आदि पर्दछन् । त्यसवेला विभिन्न राज्य,गाउँ, टोलहरुको नाचगान ल्याएर मनोञ्जन गरिन्थ्यो । यसरी नाचगान गर्दा राजा स्वंय नाटक लेखी त्यसमा भाग लिइन्थ्यो । रणजीत मल्लको विवाहमा भूपतीन्द्र मल्लले “मदलसाहरण” नामक नाटक लेखी प्रदर्शन गरेका थिए । यसरी नाचगान तथा नाटकहरु प्रदर्शित गर्दा दरवारमा खान,बस्न सवै राजावाटै बन्दोबस्त गरिन्थ्यो र नगदसमेत उपहार स्वरुप दिइन्थ्यो । यसरी विवाह कार्यक्रममा छिमेकी राज्यका राजाहरुलाई समेत भोज वोलाउँने चलन देखिन्छ । नें.स.७९५ वैशाख कृष्ण एकादशी सोमवारका दिन नृपेन्द्र मल्ल, पार्थिवेन्द्र मल्ल र महीपतीन्द्र मल्लको विवाहमा भक्तपुरको राज्यभित्रका गाँउहरु नगदेशवाट ८६२२, ठिमी वोडवाट ३१३०, भक्तपुरका जनतावाट ८६२२ र अन्य जोगीहरुसमेत भोज बोलाएका थिए । भोज खुवाउँदा व्राम्हाणलाई छुट्टै परिकार हुन्थ्यो । यसरी विवाह गर्दा धेरै पटक भोज खुवाउने चलन छ । भूपतीन्द्र मल्लको विवाहमा गहनाहरु बाड्ने काम समेत भएको थियो ।
धरःपौै अनुसार राजकीय भोजका परिकारहरुमा चिउरा,रोटी,वारा,गेडागुडी,तरकारी,मासु आदि हुन्थ्यो । त्यसवेला रोटीहरुमा विशेष गरी झीला (गोलो प्रकारको रोटी), जाहागिर वाला (गोली रोटी), चुलमा (गोलो रोटी), के लडू , ताय् लडू (लावाको लडू) माथ लडू , सत्करांक लडू , जुलेवी, खाजा, दुरुमरी, तःक्कला, सत्कला, खुलूत, चुलमा, लुचयि, कचरी, मथ, आति, अंति, खालुत (लामो खालको रोटी), लुचिय (च्याप्टो प्रकारको रोटी), सुखा रोटी,फेनी,योमरी,चतांमरी,चपिमरी,आदि उल्लेख गरिएको छ । यी रोटीहरु कुनै पुजाका निम्ति प्रयोगमा आउँथे भने कुनै कर्मकण्ड, संस्कार र हर्ष उल्लासमा प्रयोग हुन्थे । विशेष गरी विवाह भोजमा आउनेहरुलाई “मरी थयके वियगु” भनेर भोज खाइसके पछि घरमा लग्न रोटी र मसला दिएर पढाउनु पर्ने चलन देखिन्छ । यो चलन हालसम्म पनि नेवार समाजमा प्रचलित छ । त्यसवेला मासको वारा, मुगुको वारा, केराउको वारा, फर्सीको वारा, भटमासको वारा, वोडीको वारा पकाउने पनि चलन थियो ।
मल्लकालमा मासुका परिकारहरुको प्रमुख स्थान हुन्छ । उक्तवेला भोजमा मासुको लागि प्रयोगमा ल्याइने हाँस, कुखुरा, भँगेरा, तित्रा, कालिज, राँगा, बोका, हरिण, भेंडा, सुँगुर, आदि जनावरहरु प्रमुख देखिछन् । सुँगुर, राँगो, हरिण, बोका, आदिको सुकुटी मासु भोजमा विशेष परिकारको मानिन्छ । भँगेराको मासुको विभिन्न परिकारहरु जस्तैं भँगेराको मासु र दही पकाउने, भँगेराको मासु र अदुवा कुटेर बनाउने, भँगेराको मासु र खावा दूध राखी पकाउने, भँगेराको मासुको कवाफ आदि हुन् । तर हाल मासु र दूध मिसाएर खान नहुने भने पनि त्यसवेला खाइन्थ्यो । त्यसवेला अनौठो प्रकारले तरकारी वनाउने चलन पनि देखिन्छ । जस्तो कर्कलाको गुरि र दही मिसाएर वनाउने (फाकन गुरि धरिन वार), घिरौला र लुपुन मिसाएर वनाउने (पोलोल नलि, लुपुन वाले), केरा र तिल राखेर कवाफ वनाउने (म्वाच हामलस खुङा ),काँचो केरा र राम्रो शशे मिलाएर बनाउने (काचि म्वाच भिंगुरि सासेन वाले), काँचो केरालाई घिउमा भुटेर चाकु मिसाउने (म्वाच नलि दुदुदायास थुने), करेला र पकलृन नुन जीरा मात्र राखेर वनाउने (काक्वल पकलृन जिल चिन वाले), फर्सी र माछा कुटेर वनाउने (फतसे डा व छयाङा), फर्सी र अण्डा कुटेर वनाउने ( फतसे खेज व छयाङा ) मूलाको पात भुट्ने ( ख्वाखल काले ) यस प्रकारको परिकारहरु मल्ल राजपरिवारको विवाह, दीक्षा आदि उत्सवहरुमा खुवाउने गरिन्थ्यो भने पेय पदार्थमा रक्सी लगायत जाँडमा ह्याउँथ्वं, कताथ्ंव, अजिथ्वं, र साधारण जाँड भोजमा प्रयोग गरिन्थ्यो ।
मल्लकालीन समयमा भात पनि विभिन्न प्रकारमा हुन्छन् । जाकु जा (चाकु भात), मुसु जा (मुसुलको भात) , धरि जा (दही भात), क्षीर जा (खीर भात), घेर जा (घिउ भात), मास क्षिचरि (मासको खिचडी), हलडि जा (वेसारको भात) पुवा के जा ( पुवा चाकलको भात), याव के जा (याव केको भात) आदि हुन । त्यसवेला माछाको प्रकारका रुपमा पोखरीको माछा, पनौतीको माछा र गुँगुल माछा पर्दछन् भने माछाको परिकारहरुमा माछाको बारा, मासुसंगै माछा मुछेर वनाएको माछा, माछा खाज, भुटेको माछा, सुकाएको माछा, माछाको झिल्पा र माछाको पोसना आदि हुन् । त्यस्तै अण्डाको परिकारहरुमा अण्डाको वारा, अण्डा र रायो राखेर वनाउने, अदुवा र अण्डा राखेर वनाउने र अण्डालाई जनावरको भुडीभित्र राखेर वनाउने आदि पर्दछन् ।
धरःपौै ग्रन्थले दरवारमा जन्म, विवाह, व्रतवन्ध, चुडाकर्म, दीक्षा, आदि जस्ता उत्सवहरु मनाउँदा राज्यभित्र र राज्य वाहिरका विभिन्न नाचगान गरिन्थ्यो । एक प्रकारले त्यस्ता उत्सवहरुमा सांस्कृतिक प्रतिस्पर्धा नै हुने गरिन्थ्यो । दरवारभित्र नाचगान प्रदर्शित गर्नका लागि नासलचोकको व्यवस्था गरिएको थियो भने जनताको लागि ठाउँ ठाउँमा डवलीमा नाच प्रस्तुत गर्ने गरिन्थ्यो ।
नेपालको नाटक परम्पराको अध्ययन गर्ने हो भने गोपाल वंशावलीमा उल्लेख भएको रामायण नृत्यदेखि नै यसको प्रादुर्भाव भएको देखिन्छ । यो परम्परा उत्तर मध्यकालमा आएर अलि विकसित रुप लियो । त्यसवेला नाटकको प्रस्तुतीकरण नेवारी, संस्कृत, मैथिली र वंगाली भाषाको माध्यमवाट भएको थियो । दरवारमा उत्सवका लागि प्रदर्शित गर्न ल्याइएका नाचगानमा भाग लिनेलाई दरवारैवाट खान र बस्न सम्पूर्ण बन्दोवस्त गरिदिएको हुन्थ्यो र नाचहरुको प्रदर्शन गरेर उत्कृष्ट नाचलाई पुरस्कार दिने व्यवस्था पनि भएको देखिन्छ । भूपतीन्द्र मल्लको विवाहको उपलक्षमा विभिन्न ठाउँहरुवाट ल्याइएका नाचहरुमध्ये कान्तिपुरलाई २० मोहर, नादलको नाचलाई ९ मोहर, चाँगु, गोल, ठिमी र भक्तपुरका नाचहरुलाई ६÷६मोहर, र पनौती, वनेपा, श्री खण्डपुर, नाला आदिका नाचहरुलाई २÷२ मोहर पुरस्कार स्वरुप प्रदान गरेको पाइन्छ । यसरी नाचहरु प्रस्तुत गर्दा पुजा गर्ने चलन थियो । ने.स. ८०५ वैशाख शुक्ल द्धादशीका दिन सुमति जितामित्र मल्लद्धारा “इकुन प्याखन”(नवदुर्गा नाच) नाचलाई पुजा गरिएको थियो । साथै उक्त अबसरमा खिँ, बहुल, ताल, काहाल, प्वंगा, र पञ्चताल आदिलाई पनि भित्रयाइएको देखिन्छ भनी इतिहास एवं सस्कृतिविद् प्रा.डा. चुन्दा वज्राचार्यले जितामित्र मल्लकालीन धरःपौै नामक पुस्तकमा उल्लेख गरेकी छिन् ।
मल्ल राजाहरुको संस्कारको आधार धर्म देखिन्छ । जति धर्म गर्न सकियो त्यति धार्मिक व्यक्तिमा गणना हुने भएकोले विभिन्न देवदेवताहरुलाई पुजा, यज्ञ, र वली चढाएर धर्म गर्ने गरेको देखिन्छ । देवल, पाटीपौवा, तोरण, कुलो, पोखरी, दान, गरिव कुरुवालाई खुवाउने, तीर्थ यात्रा र व्रत बस्ने आदि कार्यहरुलाई नै त्यसवेला धार्मिक कार्य मान्दथे । धरःपौै अनुसार मल्ल राजाहरुले गर्ने मुख्य पुजाहरु जस्तै बलि पुजा,, चतुथी पुजा, था पुजा, नाग पुजा, कलश पुजा, दुसर पुजा, कोटल पुजा, चा पुजा, सिन्हँ पुजा, लाहाथ पुजा, पिथुवा कुल पुजा, पञ्चपचार पुजा, पीठ पुजा, जा पुजा, मत पुजा, इनाय पुजा, भिंलान पुजा, पहर पुजा, घण्टास्तान पुजा, गरु मण्डल पुजा, आचात पुजा, ब्राम्हण पुजा आदि गरिन्थ्थे । त्यस्तै यज्ञका रुपमा ओहोरात्री यज्ञ, जल यज्ञ, अश्वय ज्ञान यज्ञ, सिद्धाग्नि यज्ञ, लक्ष हुति यज्ञ, भैरवाग्नि यज्ञ, वेज्या हुति यज्ञ, मासा हुति यज्ञ, आदि गरिन्थ्थो ।
ने.स.८०१ वैशाख शुक्ल त्रयोदशीमा “सनाछेँ”को ढुङ्गाको देवल पतिष्ठा गर्दा अहोरात्र यज्ञ गरेका थिए । पुजामा वर, दवल, अमला, आरुको पातहरु राखिएको थियो । यज्ञमा प्रयोगमा ल्याएका माटोहरुमा अग्नि होमको माटो, खेतमा मुसाले खनेको माटो, कमिलाले खनेको माटो, गाई न्यास बसेको माटो प्रयोगमा ल्याएको देखिन्छ । पुजामा गंङ्गजल, समुन्द्रको जल, दहको जल, आकाशवाट परेको जल, झरनाको जल, हिउँको जल समेत प्रयोग गरेको देखिन्छ ।
प्राचीनकालदेखि नेपालको आर्थिक स्रोत र भरपर्दो पेश कृषि नै हो । मल्लकालमा कृषिका लागि कुलो ( तिलमक) को राम्रो व्यवस्था गरिएको थियो भने घरेलु उद्योगहरु ज्यादै फस्टाएको देखिन्छ । आर्थिक सम्पन्नताको कारणले त्यसवेला तामाको सिक्का, तामाकै भाँडा वर्तन आदि हुँन्थ्ये । तामाको भाँडा वर्तन बनाउन छुट्टै गाऊ “ताम्रकुट्टशाला” को उल्लेख भएको पाइन्छ । उत्तर मल्लकालमा मुद्राको प्रचलन भए पनि मालसामान साटासाट गर्ने पद्धति देखिन्छ । कुनै सेवा गरे वापत नगद वा जिन्सी ज्याला दिने गरिन्थ्यो । ने.स.८०५ मा भक्तपुरमा स्थापित तलेजुको तोरण बनाउँदा कालिगढहरुलाई ज्याला स्वरुप ६ दामको दरले ७३ मोहर खर्च भएको देखिन्छ । विनिमयको माध्यम गर्ने मुद्रा लिच्छवीकालमा पण, पुराण आदिको प्रचलन भएको देखिन्छ । मल्लकालमा आएर त्यस्तो मुद्राको प्रचलन बन्द भएर अर्को चाँदीको मुद्रा “द्रम” प्रचलनमा ल्याए । यसकालमा “शिवका” मोहर टका (डबल ), मोहर सुकी र दाम व्यापक लेनदेनमा प्रचलनमा ल्याएको देखिन्छ । यसवाहेक मल्लकालमा सुनको असर्फी, तामाका मुद्रा, माटाका मुद्रा र राजा सिद्धिनरसिंह मल्लले छालाको मुद्रा पनि प्रचलनमा ल्याएको देखिन्छ । मल्ल राजाका अन्त्यतिर आर्थिक अवस्था विग्रन गएकोले चाँदीको मोहरको सट्टा तामा र चाँदी मिसाएर मुद्रा बनाउँदा भारतीय मुद्राको दाँजोमा अवमूल्यन समेत भएको देखिन्छ ।
पूर्व मल्लकालमा नापतौलका केही शब्दहरु मानिका, कुडुव, कुच्छी आदिको प्रचलन थियो भने उत्तर मल्लकालमा कुच्छी, चुल्छी, पाख, औगुल, आदि वस्तु नाप्न प्रयोग गरिन्थ्यो । कुनै पनि बस्तु भरेर नाप्नु प¥यो भने आढक, पाथी, त्यछि, कुरुवा, पलछि जस्ता आदि प्रयोग गरिन्थ्यो । आढक र मुरी झण्डैं भण्डै एकै हुन आउँछ । त्यछि भन्नाले झण्डै चार माना, पलछि भन्नाले भण्डै एक माना र अस्ता भन्नाले झण्डै चौथाई बरावरा हुन आउँछ । कुनै कुनै वस्तु जोखेर पनि विनिमय गरिन्थ्यो । धानी (१२ पाउ), त्यंल (८ पाउ) बगल (२.५पाउ), बागल (१पाउ), कुल (४पाउ), पँल (८ पाउ), अयतापछि (२.५तोला), आदि थिए । यसवेला मासु भरेर नाप्ने चलन देखिन्छ भने आजकल तौलेर नाप्ने गरिन्छ । जोखेर तौलनेमा सवभन्दा ठूलो धार्नी थियो भने सवभन्दा कमको रति थियो । ने.स.८०० देखि ८२० सम्मको बजार भाउ के कस्तो थियो त भन्ने सन्दर्भमा कस्ती १ पाउको ५ दाम, घिउ पाउको ७.५ दाम , कपूर १ तोलाको २० दाम, खैरो तिल ७ पाथीको १ मोहर, तिल (साधारण) ३ कुरुवाको १३ दाम, श्रीखण्ड १ पाउको २ सुक्की १५ दाम, तेल १ कुरुवा को २८ दाम, अण्डा १०० वटाको १ दाम, हाँस १ को ४ दाम, बोका १ को २ मोहर, राँगो १ को ९ मोहर, आदि दरभाउ रहेको देखिन्छ ।
राज्यको शासन सुव्यस्थितरुपले संचालन गर्न, अनेक आइपर्ने संकटवाट सुरक्षा र संरक्षण गर्न, जनहित कार्य गर्न राजस्ववाट आयव्ययको बन्दोबस्त गरिएको थियो । त्यसवेला कर लगाउँदा जनताले बहन गर्न सकिने क्षमतानुसार जिन्सी वा नगदमा उठाउने प्रचलन थियो । यसरी कर उठाउदा राज्य वा गाउँहरुका बस्ती र त्यहाँको उत्पादन हेरी कम बढी गरिन्थ्यो । जस्तो ने.स.८०८ मा भूपतीन्द्र मल्लको दीक्षाको लागि उठाएको कर र ने.स. ७९६ मा जितामित्र मल्ल, उग्र मल्लको दीक्षामा उठाएको कर एउटै नभई फरक फरक देखिन्छ । ने.स.७९६ मा दीक्षाको लागि वनेपावाट ८०० मोहर, पनौतीवाट ७०० मोहर, धुलिखेलवाट २०० मोहर, साँगावाट ३०० मोहर, नालावाट ४०० मोहर, श्री खण्डपुरवाट १०० मोहर, चौक्वापाट ३३ मोहर, छेँ भदिरवाट ५०० मोहर , धब्र्वावाट ७०० मोहर, दुरवहिववाट नलिएको, ठिमीवाट ९१० मोहर, बोडेवाट ३२० मोहर, नगदेशवाट ५० मोहर, वुहाक घख्वांवाट ६० मोहर, करमि नायकवाट ४० मोहर गरी जम्मा ५११३ मोहर कर उठाएको देखिन्छ भने ने.स.८०८ मा दीक्षा लिँदा वनेपावाट ५३० मोहर, पनौतीवाट ५०० मोहर, धुलिखेलवाट २३० मोहर, साँगावाट २५० मोहर, नालावाट ४०० मोहर, श्री खण्डपुरवाट १३० मोहर, चौक्वाढवाट ५० मोहर, छेँ भदिरवाट ३०० मोहर, धब्र्वावाट ५३० मोहर, बुरवहिववाट १०० मोहर, ठिमीवाट ३५० मोहर, बोडेवाट २८० मोहर, नगदेशवाट ८ मोहर, वुहाक घख्वां र करमि नायकवाट कर नलिएको देखिन्छ । ने.स.८०७ भाद्रमा भूपतीन्द्र मल्लको विवाहको उपलक्षमा विभिन्न गाउँहरुवाट उठाइएको रकमहरुमा वनेपावाट १६०० मोहर, पनौतीवाट १५०० मोहर, धुलिखेलवाट ७०० मोहर, साँगावाट ७५० मोहर, श्री खण्डपुरवाट ४०० मोहर, चक्वाढवाट १५० मोहर, ठिमीवाट १६०० मोहर, वोडेवाट ८५० मोहर, नगदेशवाट २५० मोहर, छे भादिलवाट ९०० मोहर, धब्र्वावाट १६०० मोहर, कुल वहिंववाट ३०० मोहर र अन्य गरी जम्मा ११७५० मोहर उठाएका थिए भने विवाहमा भएको खर्च अनुसार यज्ञको हेरविचार गर्न ३९ मोहर, सेतो सखरलाई ५५ मोहर, जयमुनिलाई तिलाहिलाको ६१० मोहर, व्यापारीको खर्च सुदा चक्वाठ भण्डारीलाई ४०० मोहर, रोटीलाई ५२९ मोहर, दूध दहीलाई ५०० मोहर, ति भण्डारीलाई २०० मोहर, राँगाको लागि १३३५ मोहर, कन्यालाई ३०० मोहर, कपडाको लागि (जगनाथ दुवाल) लाई ३०० मोहर, जयमुनिलाई तिलाहिलाको लागि १९३ मोहर, गंगाघर दातेम्हालाई दिनु पर्ने ३४ मोहर ३४ दाम र अन्य गरी जम्मा खर्च ५४९५ मोहर ३४ दाम भएको देखिन्छ ।
मल्लकालमा अस्थाथी करको रुपमा अर्थात उपहारको रुपमा जिन्सी लिनेलाई “सेवा कु” भनिन्छ । “सेवा कु” मा भोजलाई आवश्यक वस्तुहरु मसलादेखि चिउरा, मासु, पात, भाडा वर्तन आदि सामानहरु हुने गरिन्थ्ये । ने.स. ८०४ कार्तिकमा भक्तपुरमा देवल स्थापना गरी लक्षाहुति यज्ञ गरेको थियो । उक्त यज्ञ गर्दा वनेपा, पनौती, धुलिखेल, नाला, श्री खण्डपुर, ललितपुर र कान्तिपुरवाट समेत “सेवा कु” पढाइएको थियो ।
श्री श्री सुमति जय जितामित्र मल्लले ने.स.८०५ मार्ग नवमीका दिन जन्मदिन मनाउँदा श्री ३ तलेजुको चोकको दक्षिण देवद्धारको तामाको तोरणमा सुनको पाताले मोडिएको थियो । उक्त अवसरमा वनेपावाट तामा ५९ धार्नी र पनौतीवाट तामा ७१ धार्नी भक्तपुरमा पढाइएको थियो । तोरण वनाउँदा लागेको तामा ९६ धार्नी २ कुं २ पाउ २ तोला र काँस मिलाएको तामा ८० धार्नी २ कु २ पाउ ३ अ. २ तोला थियो । उक्त तोरण वनाउन कान्तिपुरवाट तमोटहरु पनि भक्तपुर गएका थिए । उक्त तोरण वनाउँदा ढोकाको खापा समेत बनाउने गरी तमोटहरु वाहेक नकर्मी १३७ जना, सिकर्मी २७० जना, लोहँकर्मी १३ जना र अवाले १६ जान पनि लगेर वनाइएको थियो । यसरी तोरण वनाउँदा तामाको खर्च ६३०५ मोहर, काम गर्नेलाई ५०९० मोहर, था पुजा गर्दा ८८७ मोहर, जन्मदिन गर्दा ६२ मोहर, विविध खर्च ५५१ मोहर, सुन १७२ तोलाको ४०२० मोहर, पारो १००४ तोलाको १०२ मोहर, प्रसाद वाँड्नका निम्ति २१८ मोहर १५ दाम, पुजा गर्न खर्च ११४ मोहर २२ दाम, काम गर्नेहरुलाई खुवाएको खर्च २७२ मोहर, चामल १७३ आधक ३ पाथी, चिउरा १९२ आधक ५ पाथी, धान ३१६ आधक ८ पाथी, तेल ५४ पाथी २ कुरुवा, गहुँ ३० आधक १ पाथी लागेको थियो । तोरण वनाउँदा १२ धार्नी फलाम पनि लागेको थियो भनी धरःपौैका अन्वेषक प्रां.डा. चुन्दा वज्राचार्यले आफ्नो पुस्तकमा उल्लेख गर्नु भएको छ ।
नेपालभाषालाई चीन तिब्वत भाषा परिवार अन्र्तगत चीन बर्मेली समूहको रुपमा लिइन्छ । उत्तर मध्यकालमा नेपाल भाषाको विकासक्रममा उच्चतम विकास भएको काल हो । यस कालमा नेपालभाषा राज भाषा, राष्ट्रिय भाषा र जन भाषा भएको थियो । भूपतीन्द्र मल्लको विवाह र तोरण वनाउँदा राजदरवारवाट “सेवा कु”को लागि पत्र लेखेर पढाइएको भाषा नेपालभाषा देखिन्छ । वातावरणको अनुकूलतामा समय समयमा विभिन्न वर्गका भाषाहरुले एक अर्कामा प्रभाव पार्नु स्वभाविक हो । लिच्छवीकालमा राष्ट्रिय भाषा संस्कृत भएतापनि जन भाषा नेपालभाषा भएकोले स्थानीय ठाउँहरुको नामदेखि सम्पूर्ण कामहरु नेपालभाषावाट नै भएको उल्लेख गरिएका छन् । पूर्व मल्लकालमा नेपालभाषावाट ग्रन्थ नै लेखिने काम भएको थियो । नेपालभाषावाट स्पष्ट रुपले वाक्यको प्रयोग भएको ने.स.२३५ को रुद्रवर्ण महाविहारको तामापत्रमा उल्लेख गरेको पाइन्छ । ने.स. ५०० मा मानव न्यायशास्त्रको ग्रन्थ नेपालभाषावाटैं लेखिएको पहिलो ग्रन्थ हो । उत्तर मध्यकालमा नेपालभाषामा संस्कृत, मैथिली, नेपाली, अरवी, फारसी भाषाहरुले प्रभाव पारेको देखिन्छ । सस्ंकृत भाषा देव भाषाको रुपमा मान्दै आएकोले उत्तर मध्यकालमा पनि शिक्षा दीक्षा र धार्मिक पक्षको अध्ययन यसै भाषावाट हुन्थ्यो । राजा सदाशिव मल्लको राज्यकालमा उनका मुसलमान साथीहरुलाई विभिन्न पदहरुमा राखिएको कारणले पनि यसको प्रभाव नेपालभाषामा पर्न गएको देखिन्छ । कुनै पनि भाषा जहिले पनि एकैनासको नभई समय समयमा परिवर्तन भइरहनु जीवित भाषाको स्वभाव हो । प्राचीन ग्रन्थहरु सवै हस्त लिखित ग्रन्थ हुन् । नेपालभाषामा ग्रन्थ छाप्ने कार्य ने.स. १०२९ मा निष्ठानन्द वज्राचार्यले सर्वप्रथम “प्रज्ञा पारमिता” छापेर निकालेदेखि मात्र नेपालभाषामा ग्रन्थ छाप्ने कार्य भएको हो । तसर्थ तत्कालिन नेपालभाषाको विकासको क्रममा विभिन्न भाषाहरुको प्रभाव पार्नुका साथै भाषाको परिवर्तन, वैग्लै शब्दको विकास, अक्षर लोप, नाके स्वर, स्वरको परिर्वतन, एकरुपताको कमी ,बाक्य गठन, विभक्ति, क्यासिकायर शब्द, अर्ध क्यासिकायर शब्द, भाषाका रुपमा ग्रन्थ, क्रिया, वचन ,आदि जस्ता कुराहरु समेत धेरै परिवर्तन भएको देखिन्छ ।
मल्लकालमा नेपाल मण्डलको अन्तर्राष्ट्रिय सम्वन्ध भारत र चीनसंग भएको देखिन्छ । त्यसवेला नेपाल स–साना साज्यमा विभाजित थियो । पूर्वमा सेन राज्य, पश्चिममा गोरखा, वाईसे चौविसे र उपत्यकामा तीन मल्ल राज्यहरुमा विभाजित भएको थियो । कान्तिपुरका राजा प्रताप मल्लको शासनकालमा अन्तर्राष्ट्रिय सम्वन्ध सुमधुर भई उपत्यकाभित्रका राजाहरुको दाजुभाइवीच सम्वन्ध थियो । मल्ल राजाहरुको विभिन्न सामाजिक, धार्मिक तथा अन्य कार्यहरु गर्दा एक राज्यवाट अर्को राज्यमा आर्थिक सहयोगका रुपमा नगद वा जिन्सी पठाई राजाहरु स्वय्म उक्त कार्यमा सरिक हुन्थ्यो । साथै जनताहरुले पनि नगद वा जिन्सी दिइ विभिन्न नाचगान तथा निर्माण सम्वन्धी कार्यमा सहभागी हुन्थ्ये ।
कान्तिपुरका राजा प्रताप मल्लको मनसुवा अनुसार जेठो छोरा नृपेन्द्र मल्ललाई कान्तिपुरको राज्यको उत्तराधिकारी नवनाई छोरीलाई उत्तराधिकारी वनाइएको थियो । पछि राजाको मृत्यु पश्चात महिपतेन्द्र मल्ललाई उत्तराधिकारी बनाउन खोज्दा श्री श्री निवास मल्ल स्वयम् कान्तिपुर आएर प्रताप मल्लका जेठा छोरा नृपन्द्र मल्ललाई परम्परा अनुसार आफै राज्यभिषेक गरिदिएका थिए । यस किसिमले एक राज्यको अर्को राज्यसंग राम्रो सम्वन्ध कायम गरेको देखिन्छ । त्यस्तै मल्लकालको अन्त्यतिर गोरखाका राजा पृथ्वी नारायण शाह युवराज हुँदा भक्तपुरका राजा रणजीत मल्लका छोरासंग मितेरी लाएका देखिन्छ । तसर्थ मल्ल राजाहरुको राज्य उपत्यभित्र कान्तिपुर, भक्तपुर र ललितपुरमा मात्र सीमित भएता पनि यिनीहरुका सम्वन्ध नेपाल उपत्यका बाहिरका राज्यहरुमा समेत कामय भएको देखिन्छ । भक्तपुरको सम्वन्ध गोरखा र नुवाकोटसम्म पुगेको थियो । आवत जावतको लागि कच्ची वाटो समेत भएको देखिन्छ । लिच्छवीकालदेखि नै भौगोलिक आकार र वस्ती अनुसार ठाउँहरुको नाउँ रहँदै आएको थियो भने मल्लकालमा पनि सो कायमै रहेका देखिन्छ भनी सारगर्भित एवं एतिहासिक कुराहरु धरःपौैको माध्यमवाट प्रा.डा.चुन्दा वज्राचार्यले आफ्नो पुस्तक “जिताभित्र मल्लकालीन धरःपौै” नामक ऐतिहासिक कृति मार्फत आफ्नो धारणा व्यक्त गर्नु भएकी छिन् ।
अन्तमा हामी यो कुरा भन्न सक्छौ कि मल्लकालीन स्वर्ण युगको प्रतीक मानिन्छ । त्यसैले मल्लकालीन समयमा सुख, शान्ति र समृद्धि भएको देखिन्छ । तिब्वतको ल्हासामा वाणिज्य दुतावासको स्थापना गरिएको थियो भने भाषा ,साहित्य र संस्कृतिमा राजा र प्रजावीच प्रत्यक्ष सहकार्य गर्ने परम्परा थियो । बहाः, बही, नःनी, चोक, पोखरी, ढुङ्गोधारा, पाटीपौवा, मन्दिर, सत्तल आदि निर्माण गर्नुका साथै चारैतिर घर वनाई वीचमा बहाः, बह र चोक राख्ने चलनले भूकम्पवाट सुरक्षित हुनुका साथै सामाजिक कार्य तथा वातावरणीय दृष्टिकोणले पनि अवल रहेको देखिन्छ ।
नेपालमा मल्लवंशको शुरुवात १२ औ शताब्दि अर्थात वि.स. १२५८ देखि भएको मानिन्छ । नेपाल मण्डलमा प्रथम राजा अरिदेव मल्ल (वि.सं.१२५८–१२७३) थिए भने अन्तिम राजा यक्ष मल्ललाई लिन सकिन्छ । यक्ष मल्लको शाासन कालमा नेपाल मण्डल ललितपुर, भक्तपुर र कान्तिपुर राज्यमा विभाजित भए । कान्तिपुरका प्रथम राजा रत्न मल्ल (वि.स.१५४१–१५७७) थिए भने अन्तिम राजा जय प्रकाश मल्ल (वि.स.१७९२–१८२५) रहेका थिए । ललितपुरका प्रथम राजा रण मल्ल थिए भने अन्तिम राजा तेज नरसिंह मल्ल (वि.स.१८२२–१८२५) रहेका थिए । त्यस्तै भक्तपुरका प्रथम राजा राय मल्ल (वि.स.१४८२–१५०५) थिए भने अन्तिम राजा रणजीत मल्ल (विं.स.१७७८–१८२६ ) रहेका थिए । भक्तपुरका राजा जितामित्र मल्ल (वि.स.१७२९–१७५३) कुटनीतिक राजा थिए । उनी राजा जगत प्रकाश मल्लको मृत्यु पछि वि.स.१७२९ पौषमा राजा भई २४ वर्षसम्म शाासन चलाएको देखिन्छ । राजा जितामित्र मल्लले आफू राजा भए पछि भाई उग्र मल्लको विवाह गरिदिंदा ललितपुरका राजा श्री निवास मल्ल ५ दिनसम्म भक्तपुरमै बसेका थिए । कान्तिपुरका राजा प्रताप मल्लको वि.स.१७३१ मा मृत्यु हुँदा उनका ३ छोरा थिए । प्रताप मल्लको मृत्यु पश्चात राजकाजका सम्वन्धमा विवाद भएकोले उक्त विवाद जितामित्र मल्लले सुल्झाएका थिए । विं.स.१७३७ मा राजा नृपेन्द्र मल्लको १८ वर्षको उमेरमा निधन भएकोले पार्थिवेन्द्र मल्ल राजा भए । वि.स. १७४४ मा चौतारा लक्ष्मीनारायण जोशी र पार्थिवेन्द्र मल्लका रानी क्रृद्धिलक्ष्मीले पार्थिवेन्द्र मल्ल (वि.स.१७३७–१७४४) लाई खानामा विष हाली मारेको ३ दिन पछि हाम्रा राजालाई कसले विष खुवाएर मारेको हो त्यसलाई पत्ता लगाई हामी पनि माछौं भनी कान्तिपुरका प्रजाहरुले हलुमानढोकामा घर्ना बसी विरोध प्रदर्शन गरेकोले भक्तपुरका राजा जितामित्र मल्ल कान्तिपुरमा आई म अपराधी पत्ता लगाई दिन्छु भनी आश्वासन दिई विरोध प्रदर्शानकारीहरुलाई शान्त पारेका थिए । पछि जितामित्र मल्लले ८ वर्षको भूपालेन्द्र मल्ललाई राज्यभिषेक गरिदिएका थिए । यसरी राजा जितामित्र मल्लले कान्तिपुर राज्यलाई धेरै सहयोग गरे तापनि कान्तिपुरका चौतारा लक्ष्मीनारायण जोशीले ललितपुरका राजा योग नरेन्द्र मल्ललाई आफ्नो हातमा लिई कान्तिपुरमा राजकाजमा अधिकार जमाएको भनी झुठ्ठा आरोप लगाएका थिए । पछि जितामित्र मल्ल वि.स. १७५३ मा मृत्यु भयो र उनका छोरा भूपतीन्द्र मल्लले भक्तपुरमा शासन गरेको देखिन्छ ।
अन्वेषक प्रा.डा. चुन्दा वज्राचार्यले इतिहासका कालखण्डमा लेखिएका “धरःपौै” का प्रथम अभियन्ता हुन् । मल्लकालीन शासन व्यवस्था कस्तो थियो र राजाहरुको दिनचर्या कसरी वितेका थिए भन्ने सम्वन्धमा उहाँको मुख्य अध्ययन र अनुसन्धानको विषय रहेको देखिन्छ । राजा श्री श्री जितामित्र मल्लको शासनकालमा लेखिएका उक्त धरःपौैहरु विशेषतः तीन जना व्यक्तिहरुले लेखिएका भएता पनि उक्त धरःपौैहरु क–कसले लेखिएको थिए भन्ने कुरा कहि कतै उल्लेख भएको पाइदैन । धरःपौै घटनासंगै नलेखी घटना पश्चात मात्र लेखिएको देखिन्छ भनी आफ्नो मत जाहेर गर्ने इतिहासकार प्रा.डा.चुन्दा वज्राचार्यले राजा जितामित्र मल्लको शाासनकालमा लेखिएको उक्त “धरःपौैै”मा नाम नलेखिएको र नेपाल राष्ट्रिय अभिलेखालय स्थित ल.न. २२५५ को यो ग्रन्थको दुवैतिर हरिताल लगाएको पांको कागजमा छुट्टा छुट्टै पत्र–पत्रमा प्रचलित नेपाल लिपिको हस्त लिखित ग्रन्थको लम्वाई १३.५ इन्च र चौडाई ४.५ इन्च छ । प्रतिपृष्ठमा ७ पंक्ति र प्रत्येक पंक्तिमा सालाखाला ३६ वटा अक्षरहरु छन् । उक्त ग्रन्थको पत्रसंख्या १८९ छन् तर पत्रको अंकनुसार शुरु २ अंक भएर ४०९ अंकले अन्त भएको छ । पत्रहरु कुनै सफा देखिन्छन् भने कुनै पत्रमा पानी लागेर अक्षर चिन्न नसकिने र कतै पत्रहरुमा माटो लागेको छ भनी धरःपौैको अध्ययन, अनुसन्धान र नेपाली भाषमा अनुवाद गर्ने क्रममा आफ्नो स्पष्ट धारणा व्यक्त गर्नु भएकी छिन् ।
अतः इतिहासकार प्रा.डा.चुन्दा वज्राचार्य त्यस्ता विदुषी हुन् जसले धरःपौैको माध्यमवाट इतिहासको गर्भमा लुकेर बसेका यथार्थतालाई उजागर गरी आफ्नो ऐतिहासिक धर्म निभाएकी छिन् । तसर्थ आफ्नो धर्म निभाउने क्रममा उहाँले गर्नु भएको वौद्धिक कसरतलाई अवस्मरणीय योगदानका रुपमा वौदिक क्षेत्रमा चर्चा परिचर्चा हुनु स्वभाविक हो । आशा छ , भविष्यमा धरःपौैका प्रथम अभियन्ता प्रा.डा. चुन्दा वज्राचार्यका अप्रकाशित कालजयी कृतिहरु प्रकाशित हुने छन् र मल्लकालीन इतिहासमा थप एक पाइला अगाडि बढ्ने छन् ।
प्रकासित मिति २०८०-१०-२०
फेसबुकबाट तपाईको प्रतिक्रिया