धितोपत्र बोर्ड सदस्यलाई आचार संहिता लागु, हेर्नुस के-केमा छ कढाइ ?

बिजनेसपाटी २१ श्रावण

धितोपत्र बोर्डले आफ्ना बोर्ड सदस्यहरुका लागि आचार संहिता कार्यान्वयनमा ल्याएको छ । बोर्डद्वारा शुक्रबार जारी आचार संहितामा भनिएको छ, “समग्र पूँजी बजारमा सुशासन कायम गर्न यस् आचार संहिता जारी गर्नुपरेको हो।” संगठित संस्थाका लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तयार गर्ने क्रममा रहेकाले नियमनकारी निकायका बोर्ड सदस्यहरु पनि सुशासित भएमात्र समग्र बजारमा सुशासन कायम गर्न सकिने मान्यता सहित बोर्ड सदस्यका लागि आचरण तथा व्यवहार तथा जिम्मेवारी सहितका विषयमा आचार संहिता जारी गरिएको हो । आचार संहितामा भनिएको छ-“बोर्ड सदस्यले बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक लिन पाइनेछैन” ।

यसैगरी जिम्मेवारी अनुसार कार्य सम्पादन गर्नुपर्ने, दान, उपहार, चन्दा प्राप्त गर्न, सापटी लिन नहुने, सेयरमा लगानी गर्न नहुने, सञ्चार माध्यमसँगको सम्बन्ध, बोर्डका कामकाज वा समाचार प्रकाशन गर्न नहुने लगायतका व्यवस्था पनि समावेश गरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया