धितोपत्र बोर्डले ‘पूँजी बजार प्रदर्शनी’ गर्ने
काठमाडौँ२० बैशाख ।
नेपाल धितोपत्र बोर्डले पूँजीबजार प्रदर्शनी गर्ने भएको छ । पूँजीबजारको बिस्तारका लागि पहिलो पटक बोर्डको आयोजनामा बैशाख २६ र २७ गते प्रदर्शनी हुने भएको हो ।
पूँजीबजारको बिस्तार र सर्बसाधारणलाई पूँजीबजारका बारेमा एकै स्थानबाट जानकारी दिने उदेश्यले ‘पूजीबजार प्रदर्शनी २०७५’ आयोजना गर्न लागेको बोर्डका साहायक प्रबक्ता निरञ्य घिमिरेको बताए। प्रदर्शनीमा सबै सरोकारवालाहरुको सहभागिता रहने बोर्डले बतायो।
नेपाल स्टक एक्सचेन्ज, धितोपत्र दलाल, मर्चेन्ट बैंक, सुचिकृत कम्पनी र सामुहिक लगानी कोष लगायतको उपस्थिति रहने बोर्डले जनाएको छ। निशुल्क प्रवेश पाइने प्रदर्शनीमा धितोपत्र बजारसँग सम्बन्धित कम्पनीले अन्तरक्रिया र कार्यपत्र प्रस्तुत गर्ने छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया