धितोपत्र ब्रोकर कमिशन घट्यो, अब लगानीकर्तालाई फाइदा
बिजनेसपाटी ६ श्रावण
कारोबार शुल्क घटाउनु पर्नेबारे चर्को रुपमा आवाज उठिरहेको बेला अर्थमन्त्रालयले बुधबार धितोपत्र ब्रोकर (दलाल)को कमिसन ४० प्रतिशतले घटाउने निर्णय गरेको छ । यो निर्णय लागु भए धितोपत्र ब्रोकरले न्युनतम ०.४ प्रतिशतदेखि अधिकतम ०.६ प्रतिशतसम्म शुल्क लिन सक्ने छन्। यस अघि लगानीकर्ताले शेयर कारोबार गरि दिए बापत ब्रोकरलाई न्यूनतम ०.७ प्रतिशतदेखि अधिकतम १ प्रतिशतसम्म शुल्क तिर्नु पर्थ्यो ।
बजारको आकार तथा कारोबार रकम समेत बढेकाले कारोबार रिदिएबापत धितोपत्र ब्रोकरले लिने शुल्क घटाइएको अर्थले जनाएको छ।
नया व्यवस्था अनुसार लगानीकर्ताले ५० हजारको कारोबार भन्दा मुनिका लागी ०.६ प्रतिशत , ५० हजार देखि ५ लाख रुपैयाँ सम्म ०.५५ प्रतिशत, २० लाखसम्म ०.५० प्रतिशत, १ करोडसम्मको लागि ०.४५ प्रतिशत र १ करोड माथीको लागि ०.४ प्रतिशत कारोबार शुल्क तिर्नुपर्ने देखिएको छ।
धितोपत्र बोर्डले केहि अगी कमिसन घटाउन धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गरि स्विकृतिका लागि अर्थमन्त्रालयले पेस गरेको थियो संशोधित मस्यौदा पेस भएको धेरै पछिमात्र अर्थमन्त्रालयले यस्तो निर्णय गरेको हो । अर्थको सो निर्णयको पत्र बोर्डले प्राप्त गरेपछि कार्यान्वयनका लागि बोर्डले निर्देशन जारी गर्ने व्यवस्था छ।
अब देखि लगानीकर्ताले तिर्नु पर्ने शुल्क:
यस अघिको शुल्क व्यवस्था:
फेसबुकबाट तपाईको प्रतिक्रिया