नबिल बैंकले प्रस्ताव गर्यो लाभांस

बिजनेसपाटी १२ भाद्र

नबिल बैंकले लाभांस प्रस्ताव गरेको छ ।  यस अघि गरेको घोषणा अनुसार बैंकले ३० प्रतिशत बोनस प्रस्ताव गरेको हो ।  कर प्रयोजनका लागि बैंकले नगद लाभांस पनि प्रस्ताव गरेको छ ।

थोरै रकमले कर तिर्न पुग्ने भए पनि बैंकले १८ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । बैंकले बोनस र नगद गरी जम्मा ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको अगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित लाभांस पाउने छन् ।

बैंकले गत आर्थिक वर्षमा तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब १८ करोड ५५ लाख सात हजार रहेकोमा प्रस्तावित बोनस बितरण पश्चात ८ अर्ब चार करोड ११ लाख ५९ हजार रुपैंया पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया