नबिल र एनआइसी एसिया बैंकको बोनस शेयर सुरक्षित गर्न आज अन्तिम दिन
काठमाडौँ ४ अशोज
गत आर्थिक वर्षको नाफाबाट नबिल र एनआईसी एशिया बैंकले लगानीकर्तालाई प्रस्ताव गरेको बोनस तथा नगद लाभांस सुरक्षित गर्नका लागि शेयर किन्ने अन्तिम दिन असोज ४ गते मंगलबार हो । १८ गते साधारण सभा आह्वान गरी दुवै बैंकले अशोज ५ गते बुधबारदेखि शेयरधनी पुस्तिका बन्द गर्दैछन् ।
पूँजी वृद्धि योजनामा उल्लेख भए बमोजिम नबिल बैंकले लगानीकर्तालाई ३० प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांस बितरण गर्दैछ भने एनआईसी एशियाले भने २६ प्रतिशत बोनस तथा १ दशमलव ३७ प्रतिशत नगद लाभांस बितरण गर्दैछ ।
एनआईसी एशियाको असोज १८ गते साधारणसभा
दुवै बैंकले प्रस्ताव गरेको बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले मंगलबार शेयर खरिद गरी निर्धारित समयमा राफसाफ गराएर आफ्नो डिम्याट खातामा शेयर जम्मा गर्नुपर्ने छ । नबिलले आफ्नो पूँजी वृद्धि योजनामा अर्को वर्ष पनि ३० प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको छ भने एनआईसी एशिया बैंकले बोनस बितरण पश्चात फेरी १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरिसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया