नयाँ सरकार गठनको परिकल्पना संविधानले गरेको छैन : भीम रावल
काठमाडौं ३ साउन ।
रक्षामन्त्री भीम रावलले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपनि नयाँ सरकार गठनको परिकल्पना संविधानले नगरेकाले प्रधानमन्त्री पदमुक्त नहुने दाबी गरेका छन् ।
रिपोर्टस क्लबले सोमबार आयोजित एक कार्यक्रममा संविधानले संक्रमणकालमा सरकार परिवर्तनको कल्पना नगरेको दाबी गर्दै अविश्वासको प्रस्ताव पारित भएपनि प्रधानमन्त्री ओली संघीय संसद्को निर्वाचन नभएसम्म पद बहाल रहने मन्त्रि रावलले ठोकुवा गरे ।
एमाले नेतृत्वको सरकारले निर्वाचन गराउने प्रमुख तीन दलको सहमति अनुरुप नै संविधानमा संक्रमणकालका लागि एउटा मात्र सरकारको कल्पना गरिएको दाबी दावी समित उनले गरे । रावलले संविधानको संक्रमणकालीन व्यवस्था अन्र्तगत रहेको धारा २ सय ९८ संविधान जारी भएपछिको पहिलो सरकारका हकमा मात्र आकषिर्त हुने समेत प्रष्ट्याए ।
कार्यक्रममा रावलले व्यवस्थापिका संसद्को साउन ६ गते बस्ने बैठकमा नेकपा एमालेले बजेट पास गर्ने कार्यसूची हटाइएको विषयमा सभामुख ओनसरी घर्तीसमक्ष प्रश्न गर्ने र सभामुख घर्तीको जवाफ अनुसार एमालेले आवश्यक कदम चाल्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया