नर्भिकमा सुरु भयो अनुहारको शल्यक्रिया सर्जरी सेवा

काठमाडौँ, ४ फागुन २०८१ । नर्भिक इन्टरनेशनल अस्पतालले मुख तथा अनुहारको शल्यक्रिया (ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी) सेवा सुरु गरेको छ । ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन डा. किशोर भण्डारीको नेतृत्वमा अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो ।
दुर्घटनामा परी मुख तथा अनुहारमा लागेका चोटपटक, अनुहारको हड्डी लामो, छोटो या बांगो भएर आकृति अस्वाभाविक भएको अवस्था, मुखको जोर्नी (टेम्पोरोम्यान्डिबुलर ज्वाइन्ट) को समस्या भएका तथा अनुहारको पुनःनिर्माण –फेसियल रिकन्स्ट्रक्सन) का लागि यो सेवा सुरु गरिएको हो ।
डा. भण्डारीले मुख तथा अनुहारसम्बन्धी कुनै पनि समस्याका लागि नर्भिकमा दक्ष जनशक्ति र अत्याधुनिक उपकरण रहेको बताएका छन् ।
यसका अलावा मुख तथा अनुहारमा हुने सिस्ट तथा ट्युमरको सर्जरी पनि नर्भिकमा उपलब्ध छ । म्याक्सिलोफेसियल सर्जरी टिमले हेड एण्ड नेक सर्जरी र प्लास्टिक सर्जरीको टिमको सहकार्यमा मुखको क्यान्सरको आधुनिक उपचार सेवा पनि दिने योजना बनाएको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया