नविल बैंकका सिईओ सशिन जोशीको राजीनामा स्वीकृत
बिजनेसपाटी १९ मंसिर
नविल बैंकको प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले दिएको राजीनामा स्वीकृत गरेको छ । बैंक संचालक समितिको सोमबारको बैठकले जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।
एनआइसी एसिया बैंकमा प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर उनले ०७२ असार १३ गतेबाट नविल बैंकको नेतृत्व सम्हालेका थिए । नबिल बैङ्कबाट बैङ्किङ करियर शुरु गरेका जोशीले सन् १९९० को दशकमा ‘एएनजेड ग्रिण्डलेज बैङ्क कोलकातामा पनि काम गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया