नाकाबन्दीको विर्सेर भारतसँगको सम्बन्ध सुमधुर बनाउनुपर्छ : सुजाता
काठमाडौं १५ असोज ।
कांग्रेस नेतृ सुजाता कोइरालाले नाकाबन्दीको पीडा विर्सेर नेपालले भारतसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताएकी छन् चाहेर वा नचाहेर भारतसँगको सम्बन्ध सुमधुर बनाएर अगाडि बढ्नु नेपालको वाध्यता रहेको उनले बताइन् । शनिबार काठमाडौंमा जीपी कोइराला फाउण्डेशनले गरेको कार्यक्रममा सो बताइन् ।
नेतृ सुजाता कोइरालाले भनिन्, पास्ट इज पास्ट भनेर हामीले नयाँ किसिमले सम्वन्ध बनाएर जाने हो । पुरानो कुरा दोहोर्याइराख्यो, सम्झिराख्यो भने आफ्नो परिवारसित त नराम्रो हुन्छ । त्यसैले हामीले बिर्सनुपर्छ ।’कोइरालाले पुरानो कुरा कोट्याउनुभन्दा आफूलाई लागेको कुरा प्रष्टसँग राखेर भारतसँगको सम्बन्ध सुमधुर बनाउनु पर्ने बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया