नारायणगढ-मुग्लिन सडकको पहिरो पन्छाउने क्रम जारी

काठमाडौँ १२ असार

रत्ननगर(चितवन) -चितवनको नारायणगढ-मुग्लिन सडकका विभिन्न स्थानमा खसेको पहिरोका कारण अाइतबार बिहान ३ बजेदेखि सडक बन्द भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेको छ।

अहिले डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। विभिन्न ठाउँमा पहिरो खसेका कारण अवरुद्ध सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ। रातिदेखि बाटो बन्द हुँदा सवारी साधनको ठूलो लाइन लागेको छ। चितवनबाट काठमाडौँ र पोखरालगायत विभिन्न स्थानमा जाने आउने सयौँ सवारी बीचबाटोमै रोकिएका छन्। प्रहरीले आउने सवारीलाई मुग्लिन र जाने सवारीलाई भरतपुर आँपटारी र जुगेडी क्षेत्रमा रोकेको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया