निफको जुरी कमिटीमा अभिनेत्री प्रियंका कार्की मनोनित
काठमाण्डौ १९ माघ २०७९ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियंका कार्की मनोनित भएकी छन् । फेस्टिभल आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै कार्कीसहित माया एकेडेमीका इन्द्रलाल बलामी जुरीमा चुनिएको जानकारी गराएको हो ।आगामी चैत २ देखि ६ गते ९मार्च १६–२०० सम्म काठमाडौंमा निफ आयोजना हुँदैछ ।
प्रियंका फिचरतर्फको जुरी सदस्य र बलामी वृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।अभिनेत्री कार्कीले दर्जनौं फिल्ममा अभिनय गरेकी छन् भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुन् ।यस वर्ष ‘निफ’मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रमध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया