नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार चैत्र ७ गते बन्द रहने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_600,h_391/https://businesspati.com/wp-content/uploads/2024/03/Manakamana-Cable-car.jpg)
काठमाडौं, ५ चैत्र २०८० – नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।
नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।
केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ ।केबलकारको नियमित सेवा २०८० चैत्र ०८ गते बिहिबार देखि पुनःसञ्चालनमा आउने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया