नेपाल आमाको माटो छोएर……….

काठमाडौं ०९ जेठ २०८०।

नेपाल आमाको माटो छोएर देशको बारेमा सोचौँ
देश भन्दा ठुलो कोही छैन सबैले सोचौँ
राष्ट्र निर्माणको अभियानमा सबै लाग्नुपर्छ
भोलिको सुन्दर सपना साकार पार्न सबैले लाग्नुपर्छ

यो देशमा केही गर्नुपर्छ भन्ने सबैले सोचौँ
हाम्रो वीरता र स्वाभिमान विश्व सामु चिनाउन सकौँ
आफ्नै देशमा बसौँ देश भित्र पसिना बगाऔँ
आफ्नो पौरखले देश निर्माण गरौँ

क्रान्तिकारी पाइला हामीले अगाडी बढाउनुपर्छ
राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउनुपर्छ
देशमा शान्ति सुरक्षा कायम राख्नु हाम्रो कर्तव्य हुन्छ
राष्ट्रिय हितको संवर्धनमा हाम्रो विशेष भूमिका रहन्छ

नेपाल आमाको माटो छोएर देशको बारेमा सोचौँ
देश भन्दा ठुलो कोही छैन सबैले सोचौँ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

फेसबुकबाट तपाईको प्रतिक्रिया