नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको शेयर निष्काशन गर्ने प्रस्ताव पारित
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_600,h_310/https://businesspati.com/wp-content/uploads/2020/11/nepal-infrastructure-bank.png)
काठमाडौं ४, मंसिर२०७७ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधबार सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
यससँगै पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठूलो रकम बराबरको आइपिओ आउने निश्चित भएको हो । यस बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ ।
वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७६-७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया