नेपाल इन्भेष्टमेन्ट बैंकले खोल्यो रोल्पामा शाखा

काठमाडौं १७ जेष्ठ  ।

नेपाल इन्भेष्टमेण्ट बैंकले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले बुधबार एक कार्यक्रमका बीच आफ्नो ७१ औं शाखा विस्तार गरेको हो । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले सो शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

साथै बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड लगानी गरेको छ । हाल बैंकले १ सय ओटा एटिएम, ६ ओटा एक्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया