नेपाल एसबीआई बैंक ‘एचआरएम नेपाल अवार्ड्स फर कॉर्पोरेट एक्सेलेन्स २०२४’ बाट सम्मानित

काठमाडौं, २० फागुन, २०८१ । नेपाल एसबिआई बैंक लिमिटेडलाई कर्पोरेट क्लब नेपाल प्रा.लि.ले कमर्सियल एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४ बाट सम्मान गरेको छ । एनएसबीएलले वर्षौंदेखि नेपाली कर्पोरेट क्षेत्र र समाज दुवैमा महत्वपूर्ण योगदान पु¥याएबापत बैंकलाई यो सम्मान प्रदान गरिएको हो । अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२४ का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत मोहनराज ओझाको उपस्थितिमा सो सम्मान प्रदान गरिएको थियो ।

यसैगरी उक्त सम्मान कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखकको पनि गरिमामय उपस्थिति थियो ।
एनएसबीएलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र चिफ अपरेटिङ अफिसर विकास आनन्दले मुख्य निर्णायक प्रोफेसर डा. फत्त बहादुर के.सी. बाट यो पुरस्कार ग्रहण गर्नुभएको थियो ।

बैंकले विगत ३१ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ्ग, १२५ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको भन्दै प्रशंसा समेत गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया