नेपाल टेलकमको विभिन्न माध्यमबाट एसईईको परीक्षाफल पाउन सकिने
काठमाण्डौ ११ साउन २०७९ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर (IVR) , एसएमएस (SMS) तथा वेबसाइट (Website) मार्फत प्राप्त गर्न सकिने व्यवस्था टेलकमले गरेको छ ।
नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने जनाइएको छ ।
मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।
नेपाल टेलिकमको वेबसाइट
मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया